काठमाडौं । चलचित्र ‘कुमारी’को सम्पूर्ण छायांकन सकिएको छ । गत भदौ १७ गतेदेखि सुरु भएको छायांकन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो । छायांकन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने बताइएको छ । पोष्ट–प्रोडक्सनको प्रगति मूल्यांकन गर्दै अन्तिम मिति तय गर्ने निर्देशक दिनेश राउतले जानकारी दिनुभयो ।
यस चलचित्रबाट अविषेक खड्का र आकृति राजभण्डारीले प्रमुख भूमिकामा डेब्यु गर्नुभएको छ । उहाँहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मा र भूपी लुहारलगायत कलाकारको चलचित्रमा अभिनय रहनेछ ।
चलचित्रको छायांकन निर्देशन सुसन प्रजापतिले गर्नुभएको हो । निर्माण बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा गरेको हो भने निर्माता महेन्द्र अधिकारी हुनुहुन्छ । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेख्नुभएको हो । पोष्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ ।
यस चलचित्रमा चार गीत छन् । सबै गीतमा स्वर गायक केहर सिंह लिम्बुले दिनुभएको छ । संगीतमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संयुक्त योगदान छ । शब्द लेखकमा सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्ले हुनुहुन्छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच