केन्द्रीय बैंक, वित्तीय संस्थाहरूको थुप्रिएको रकम र व्यावसायिक क्षेत्रमा लगानी हुन नसकेको रकमले समग्र क्षेत्र दबाबमा छ । यदि निक्षेपको बराबरीजसो लगानी मागमा विस्तार हुन सकेन भने वित्तीय क्षेत्रमात्र नभएर समग्र अर्थतन्त्रमै नकारात्मकता भित्र्याउन सक्ने क्षमता राखेको हुन्छ । भदौ २३ र २४ गतेको जेन-जीहरूको आन्दोलन अघिको अवस्था पनि धेरै राम्रो थिएन । अझ आगोमा घ्यू थप्ने काम भने यस आन्दोलनले गर्यो । कुनै पनि अर्थतन्त्रको हकमा लगानी विस्तारका लागि धेरैवटा तत्वहरूले भूमिका खेलेका हुन्छन् ।
यसमा मुख्य गरी राजनीतिक स्थिरता, दृढ विश्वास कानुनी नीतिगत एवं सामाजिकलगायत आन्तरिक र बाह्य पक्षले सकारात्मक-नकारात्मक भूमिका खेलेको हुनुपर्ने हुन्छ । व्यवसायीहरू निकै स्मार्ट हुने गरेका पाइन्छन् । अझ आजको खुला अर्थतन्त्र भएको समयमा अझ सूचना तथा सञ्चारको सहज पहुँच एवं घटनाको तुरुन्तै खबर पाउने सम्भाव्यताका कारण किन-कसरी भन्नेमा भूमिका खेल्दछन् ।
विविध कारणले भदौ २३ र २४ अघि लगानीको अवस्था सन्तोषजनक थिएन । युवाहरूको विदेश पलायन, समग्र मागमा आएको अप्रत्यासित कमी, उत्पादनमूलक क्षेत्रमा आशातित लगानी हुन नसकेको लगायत कारणले आर्थिक क्षेत्रमा मन्दीको धेरथोर असर थियो । व्यावसायिक लगानीको बजार उत्साहित नभइरहेको अवस्थामा भदौ २३ र २४ को घटनापछि स्थिति अझ अस्तव्यस्त भएको हो कि जस्तो देखिन थालेको छ । समग्र राजनीतिक अवस्थाले एउटा थिति त समाएको छ । अन्तरिम सरकारको गठन एवं क्याबिनेटको फर्मेसनसँगै दैनिक काम चलेका छन् तर आर्थिक जगतले आगामी आमनिर्वाचनका लागि तयार पारिएको अन्तरिम सरकारका काममा धेरै विश्वास गरेको देखिएन न चासो राखेको जस्तो देखिन्छ ।
वित्तीय क्षेत्रमा दिनानुदिन थपिँदै गएको तरलताको मुख्य कारण विदेशबाट भित्रिरहेको विप्रेषण र लगानी हुन नसकेको आन्तरिक बचतको परिणाम हो । वर्तमान सृजित अवस्थाले मुलुकको समग्र वित्तीय क्षेत्रमात्र नभएर समग्र आर्थिक क्षेत्र नै अफ्ठ्येरो वित्तीय संकटतर्फ उन्मुख रहेको देखिन थालेका छन् ।
व्यावसायिक क्षेत्र पर्ख र हेरको अवस्थामा छ । लगानीका लागि सहज अवस्था नभएको बुझाइले वित्तीय क्षेत्रमा ठूलो रकम थुप्रिँदा पनि नीतिगत परिवर्तनले उल्लेख्य काम गर्न सकेको छैन । यसको सोझो असर हालका दिनमा व्यासवायिक तथा सबै किसिमको लगानीमा परेको छ । सरकारले मौद्रिक नीतिमार्फत सहज बनाएको ऋण तथा ब्याजमा यो तहको कमी हुँदा लगानीको माग हुनसकेको छैन । सबै स्थानीय निकायमा कित्ताकाट खुलाइएको छ तर घरजग्गाले बाटो समात्न सकेको छैन ।
वित्तीय क्षेत्रमा दिनानुदिन थपिँदै गएको तरलताको मुख्य कारण विदेशबाट भित्रिरहेको विप्रेषण र लगानी हुन नसकेको आन्तरिक बचतको परिणाम हो । वर्तमान सृजित अवस्थाले मुलुकको समग्र वित्तीय क्षेत्रमात्र नभएर समग्र आर्थिक क्षेत्र नै अफ्ठ्येरो वित्तीय संकटतर्फ उन्मुख रहेको देखिन थालेका छन् । यही गतिमा लगानी उत्प्रेरित नहुने र भविष्यमा पनि सुधार गर्न नसकिने हो भने भोलि सरकारका आर्थिक तथा पुँजीगत काममात्र नभएर समान्य साधारण खर्चको जोहो तथा विदेशी निकायले गर्ने व्यवहारदेखि विश्वासमा पनि कमी आउनसक्नेछ । व्यावसायिक लगानीको कमीले निम्त्याउने पहिलो नकारात्मक प्रभाव भनेको राजस्व परिचालनमा कमीमा सरकारको वित्तीय अवस्थामा समस्या र आर्थिक परिसूचकमा देखिने नकरात्मकता नै हो ।
मुलुकका प्रमुख राजनीतिक दलमा वर्तमान आर्थिक संकटको चिन्ता कति पनि नदेखिनु अर्को ठूलो चिन्ताको विषय हो । नेपाली कांग्रेस, एमाले, माओवादीलगायत मधेस केन्द्रित दलहरूसमेत नेतृत्व परिवर्तन र दलहरूको पुनर्संरचनाको कुरा बडो जोडतोडले गरिरहेका छन् तर पनि उनीहरूको प्राथमिकतामा नेपाली अर्थतन्त्र, लगानी, व्यवसाय र व्यवसायीहरूको चासोका विषषयलगायत आर्थिक कूटनीति र विदेशी लगानीकर्ता एवं बिचौलियाबाट सृजित आन्तरिक समस्याको बारेमा कोही चुँइक्कै बोलेको सुनिएको छैन । जेन-जीहरूको आन्दोलनपश्चात् व्यावसायिक वातवारण अझ धुमिल भएर गएको छ, तर यसको बचाउका लागि जति गर्न सकिने र हुनुपर्ने काम हुन् तिनीहरू पनि समयमा हुन सकिरहेका छैनन् ।
दलहरू आफ्नै चाँजोपाँचो मिलाउँदैमा व्यस्त छन् तर यसो भन्दै गर्दा वर्षायाममा बाढीले खोलाछेउका सातघर बगाएपछि जोगाउन कस्सिएको जस्तो हुने हो कि भन्नमात्र खोजिएको हो । ओली टसमस नभई आफ्नो विचार दिइरहनुभएको छ । देउवा अझै सभापति आफू अनुकूल बनाउने दाउमा देखिनुभएको छ । प्रचण्डको राजनीतिक दाउ सारा जगतलाई जगजाहेर भइसकेको छ । तराईको राजनीतिको जात्रा हेरिनसक्नु भएको छ । तराईको सत्ता राजनीति सरक्कै सडकमा देखिएको छ । कुनै राजनीतिक दलहरूलाई आर्थिक क्षेत्रबारे चिन्ता देखिएको छैन । दलका कुनै पनि राजनीतिक डकुमेन्टमा यसबारेमा कहिँकतै उल्लेख छैन । चुनावी अन्तरिम सरकारको कारण खासै केही फरक नपर्ला भन्ने दलहरूको सोचाइले यसमा काम गरेको हुनसक्छ ।
राष्ट्र बैंकका गभर्नरले हालै एक संवेदनशील विषयको उठान गरेका छन् । थोरै उद्यमीहरू भएको अर्थतन्त्रमा कालोसूचीमा परेकाहरूको संख्या डेढ लाखभन्दा माथि जानु एक अर्थमा बजारमा देखिएको लागनी मागको अभावको एक कारण हुन सक्नेतर्फ इंगित गरेका छन् । यसो भन्दैमा सर्वसाधारको विश्वास तथा लगानीसमेत रहेको वित्तीय संस्थाको लगानी भएका परियोजनाको अवस्था नराम्रो हुँदा चुपचाप बस्नुपर्छ भन्ने होइन ।
व्यवसायीका लागि राजनीतिक, भौगोलिक सिमाना ठूलो विषय होइन । नेपालमा लामो समयसम्म लगानीको उचित वातावरण तयार नुहुने हो भने यो अवस्था भोलि बढेर जानसक्ने सम्भावना छ । वित्तीय संस्थाहरूको समयसापेक्ष लगानी रणनीति र बजारीकरणले लगानी क्षेत्रमा महत्वपूर्ण भूमिका हुन्छ ।
व्यवसायका लागि गरिएको लगानीको हकमा वित्तीय संस्था थोरै समयानुसार संयम हुन भने सक्नुपर्ने हुन्छ । कालो सूचीका कारण धेरै साना तथा मझौला व्यवसायी पलायनको अवस्थामा छन् । कालोसूचीका कारण समाज, आफन्तजन तथा साथीभाइ माझ गाह्रो हुने कारणले पनि नयाँ परियोजनामा हत्तपत्त लगानी हुनेगरेको पाइँदैन ।
व्यावसायिक परिवेशले लगानीको मागको हकमा निर्धारकको काम गरेको छ । कृषि क्षेत्रमा व्यावसायिकता हावी हुनसकेको छैन । जस्तो सरकार २० हजार मेट्रिक टन धान किनेर पानीमाथिको ओभानो हुन खोजिरहेको छ । गत साल झण्डै साठी लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यसपालि ५५/५६ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ तर कृषकले धान बिक्री गर्न सकिरहेको छैन । भण्डारन गर्ने उचित स्थानको अभाव छ ।
मंसिरमा ३०÷३२ रुपैयाँ प्रतिकेजी धान बिक्री गरेर दुई तीन महिनापछि त्यसभन्दा महँगोमा चामल किनेर बिहान–बेलुकाको छाक टार्न बाध्यतामा छौं । कृषि र किसानले आफ्नो अवस्थामा कसरी सुधार गर्न सक्लान् । लगभग कृषिका हरेक क्षेत्रमा यही अवस्था छ । राजनीतिक रूपमा भारतीय क्षेत्रमा लगानी अभिवृद्धि र यसको सुरक्षाको मुद्दा नेपालमा भन्दा सहज हुँदै गएकाले पुँजी पलायनको डर अर्थतन्त्रमा पछिल्लो समय बढेर गएको छ ।
यसै व्यवसायीका लागि राजनीतिक तथा भौगोलिक सिमाना धेरै ठूलो विषय होइन । स्टार्ट अप र सूचना प्रविधि क्षेत्रमा लगानीको सम्भावना र वातावरणको खोजीमा अबका दिनमा वित्तीय क्षेत्र निकै उदारताका साथ लाग्नुपर्नेछ । दशकमा देखिएको एकातिरको घट्दो प्रजनन् दर र साथमा विदेशतिरको युवायुवतीहरूको मोह एवं उतैको स्थायी बसोवासले दुवैको हितमा देखिँदैन । कूल परिवार संख्या र नेपालभरि उपलब्ध भएका स-साना कित्ताकाट भएका घडेरीहरूको संख्याले पुष्टि गरेको छ ।
व्यावसायिक वातावरणको सिर्जना तथा राजनीतिक नेतृत्वमा लगानी, उत्पादन, व्यापार, रोजगार, वचत तथा पुनः लगानीका लागि आवश्यक सबै किसिमका कामहरूको हकमा एकद्वार नीति र स्पष्टताको साथमा अघि नजाने समयसम्म व्यवसायीहरू विश्वस्त हुँदैनन् । यसले उत्पादन बजार र उपभोक्ताबीचको ग्याप कम गर्दै लैजाने र स्रोतसाधनहरूको परिचालन तथा समग्र अर्थतन्त्रलाई माथि उकास्ने काममा ठूलो सहयोग गर्ने देखिन्छ । त्यसर्थ यस काममा अबको नेतृत्वले दृढ विश्वास र उचित नीतिगत व्यवस्थाका साथमा अघि बढ्नु नै वर्तमान समयको माग हो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच