काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका अपराधमा दोषी ठहर गरिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार, बंगलादेशको एक अदालतले सोमबार मानवअधिकार उल्लङ्घनसँग सम्बन्धित मुद्दामा हसिनालाई दोषी ठहर गर्दै सजाय सुनाएको हो।
गत वर्ष विद्यार्थी–नेतृत्वमा भएको विद्रोहमाथि दमनकारी कारबाही सञ्चालन गर्न हसिनाले आदेश दिएको आरोपमा उहाँविरुद्ध लामो समयदेखि मुद्दा चलिरहेको थियो। महिनौँसम्मको सुनुवाइपछि सोमबार इन्टरनेसनल क्राइम ट्रिब्यूनलले हसिनामाथि लागेको मानवता विरुद्धका पाँचै आरोपमा दोषीको फैसला सुनाएको हो।
पूर्वप्रधानमन्त्री शेख हसिना भारतमा निर्वासनमा बसिरहनुभएको छ।
हसिनाको अवामी लिग पार्टीले विशेष न्यायाधिकरणलाई ‘कङ्गारू अदालत’ भनेपछि उत्पन्न विरोध–प्रदर्शनका कारण देशभर बन्दको आह्वान गरिएको छ।
यसको प्रभावस्वरूप ढाका सहितका विभिन्न क्षेत्रमा सुरक्षा चुनौति बढेपछि अर्धसैनिक सीमा सुरक्षा बल र प्रहरी थप तैनाथ गरिएको अधिकारीहरूले जनाएका छन्।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच