काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना मानवताविरुद्धका पाँचवटा अपराधमध्ये तीन आरोपमा दोषी ठहरिनुभएकाे छ। ढाकास्थित अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले सोमबार हसिनालाई फासीको सजाय सुनाएको हो। अदालतको फैसला प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो।
ट्रिब्युनलले अगष्ट २०२४ मा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनका क्रममा भएका हत्या घटनाको मुख्य योजनाकारको रूपमा हसिनालाई दोषी ठहर गरेको छ। भारतमा निर्वासित जीवन बिताइरहेकी हसिनासँगै पूर्व गृहमन्त्री आसदुज्जमान खान कमाललाई पनि मृत्युदण्ड सुनाइएको छ।
१५ महिनादेखि भारतमा बस्दै आउनु भएकी हसिना सत्ताच्युत भएपछि लगातार विवाद र कानुनी प्रक्रियाको सामना गर्दै आउनु भएकाे थियाे। फैसला सार्वजनिक भएपछि बंगलादेशभर पुनः हिंसा भड्किएको छ। सरकारले देशभर उच्च सतर्कता घोषणा गरेको छ।
ढाकामा मात्रै १५ हजार प्रहरी परिचालन गरिएको छ भने हिंसात्मक प्रदर्शन नियन्त्रणका लागि आवश्यक परे गोली चलाउन अनुमति दिइएको सरकारी अधिकारीहरूले जनाएको छ। शनिबार रातिदेखि आइतबार बिहानसम्म ढाकाका दुईवटा बसमा आगजनी भएको छ। फैसलापछि हिंसा थप बढ्ने आशंकामा देशभर सुरक्षा व्यवस्था कडा बनाइएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच