काठमाडौं । आयोजक ठुंगरम इन्टरनेसनल एकेडेमी (टिआइए) र भ्याली पब्लिकले १७औँ टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।
टिआइए ब्वाइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन बने । घरेलु कोर्टमा भएको ब्वाइजको रोमाञ्चक फाइनलमा टिआइएले निम्सलाई ४०-३७ ले पराजित गर्यो । टिआइएका सुमन नगरकोटीले १५ अंक जोड्नुभयो । विल्सन एकेडेमी तेस्रो भयो ।
गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले चेल्सी वल्र्ड स्कुललाई २५-१५ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १२ स्कोर गर्नुभयो । ग्रिनल्याण्ड तेस्रो बन्यो ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुमन र लोरिशा आ-आफ्नो विधामा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित हुनुभयो ।
विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य-सचिव दीपक लामा, टिआइएका निर्देशक कर्मा सोनाम वाङ्दी शेर्पा, टिआइएकी प्रिन्सिपल निरा प्रधानलगायतले पुरस्कृत गर्नुभएको थियो ।
ब्वाइजमा २४ तथा गल्र्समा १६ गरी ४० टिमले प्रतिस्पर्धा गरेको टिआइएका इसिए/सिसिए प्रमुख उज्ज्वल रिजालले जानकारी दिनुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच