धादिङ । स्वर्गीय मनोज श्रेष्ठ स्मृति कप बागमती प्रदेश अन्तरजिल्ला महिला भलिबल प्रतियोगिता पुसमा हुने भएको छ । जिल्ला भलिबल संघ धादिङको आयोजनामा पुस ९ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बागमती प्रदेशका जिल्ला र उत्कृष्ट टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेता टिमलाई उपाधिसहित दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुने टिमलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक एवं जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक)ले जानकारी दिनुभयो ।
यस्तै, व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । सहभागी टिमलाई दर्ता शुल्क १० हजार रुपैयाँ राखिएको आयोजकले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच