लिस्वन । पोर्चुगलले अर्मेनियाविरुद्ध ९-१ को भव्य जित दर्ता गर्दै आगामी वर्ष हुने फिफा विश्वकपमा स्थान सुनिश्चित गरेको छ । यो जितसँगै पोर्चुगल समूह ‘एफ’ मा ६ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रह्यो । आइतबार राती डो ड्रागाओ रंगशालामा सम्पन्न खेलमा जोआओ नेभेस र ब्रुनो फर्नान्डेजले ह्याट्रिक पूरा गर्नुभयो भने रेनाटो भेइगा, गोन्सालो रामोस र फ्रान्सिस्को कोन्सेइकाओले एक-एक गोल थप्नुभयो । अर्मेनियाका एडवार्ड स्पोट्स्र्यानले एक गोल फर्काउनुभयो ।
खेलको सातौं मिनेटमा भेइगाको गोलले पोर्चुगललाई अग्रता दिलायो । ११ मिनेटपछि स्पोट्स्र्यानले अर्मेनियालाई बराबरीमा ल्याउनुभयो । २८औँ मिनेटमा रामोसले गोल गर्दा पोर्चुगल २-१ ले अगाडि बढ्यो । ३० र ४१औँ मिनेटमा नेभेसको गोलले पोर्चुगलको अग्रता ४-१ मा पुर्यायो । पहिलो हाफको इन्जुरी समयमा फर्नान्डेजले गोल गर्दै ह्याट्रिकको सुरुवात गर्नुभयो । त्यसपछि उहाँले ५१ र ७१औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो । नेभेसले ८१औँ मिनेटमा ह्याट्रिक गर्दा पोर्चुगलको अग्रता ८-१ पुग्यो । खेलको इन्जुरी समयमा कोन्सेइकाओले नवौं गोल थप्नुभयो ।
पोर्चुगल लगातार सातौं र समग्रमा नवौंपटक विश्वकपमा छनोट भएको हो । यससँगै पोर्चुगल युरोपबाट विश्वकपमा छनोट हुने चौथो राष्ट्र र समग्रमा ३१औँ राष्ट्र बनेको छ । एजेन्सी






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच