काठमाडौं । नेपाली अल्ट्रा धाविका सुनमाया बुढा नगदसहित सम्मानित हुनुभएको छ । नेपाल एडभेन्चर रनिङ महासंघले सातदोबाटोस्थित महासंघको केन्द्रीय कार्यालयमा सुनमायालाई ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गर्यो । सुनमायाले केही समयअघि स्पेनमा भएको वल्र्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत जित्नुभएको थियो । उहाँले महिला लङ डिस्ट्यान्सको ८२ किलोमिटर दूरीमा रजत जित्नुभएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्वकार्यकारी समितिका सदस्यसमेत रहनुभएका महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर र वरिष्ठ उपाध्यक्ष राजन खत्रीले एक कार्यक्रमबीच सुनमायालाई नगद र प्रशंसा पत्र प्रदान गर्नुभयो ।
अध्यक्ष कुँवरले विश्वमै उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा फहराउन सफल सुनमायालाई प्रोत्साहनस्वरूप सहयोग गरेको बताउँदै नियमअनुसार सरकारले गर्ने सम्मानका लागि पहल भइरहेको बताउनुभयो । सुनमायाले महासंघबाट सम्मान पाउँदा खुसी व्यक्त गर्दै यस खालको सम्मानले खेलाडीहरूलाई प्रेरित गर्ने बताउनुभयो ।
सुनमायाले जितेको पदक नेपालबाट कुनै पनि खेलाडीले वल्र्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा जितेको पहिलोपटक भएको महासंघले जनाएको छ । च्याम्पियनसिपमा सुनमायासँगै नेपालबाट सुमन कुलुङ राई, मनकुमार मगर र सांगे शेर्पाले पनि सहभागिता जनाउनुभएको थियो ।
सुनमायाले यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने अल्ट्रा ट्रेल १०० किलोमिटर दूरीको रेसमा पनि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । महासंघले सुनमायालाई उक्त रेसमा पनि उत्कृष्ट प्रदर्शन गर्नका लागि शुभकामना दिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच