काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को पोष्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिन्छ । खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा चलचित्रका मुख्य पाँच कलाकार छन् ।
महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी पोष्टरमा अटाउनुभएको छ । सबै पात्रमा समानता देखिन्छ, त्यो समानता हो नैराश्यता । पाँचैजना पात्र निराश देखिएका छन् । फरक यति हो, महेशको हातमा बञ्चरो छ । अरुको हात रित्तो छ । पात्रहरू तनावमा देखिए पनि त्यसको कारण के हो, त्यसबारे भने पोष्टर मौन छ । त्यसैले तनावमा मौनता साँधिरहेका सिनेमाका पाँच मुख्य पात्र भनेर भन्न सकिन्छ । बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’ पुस १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।
‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी हुनुहुन्छ ।
यस्तै, चलचित्रको बालकलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा हुनुहुन्छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्दैछ । ‘द ब्ल्यू लाइट’को को-प्रोडुसरको रूपमा रमन ग्रे रहनुभएको छ । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नुभएको हो ।
आकाश उखेडा मख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुनुहुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच