काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख मा.ईन्दिरा रानाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष याम बहादुर जिसीको सभापतित्वमा सामाजिक रूपान्तरणका लागि नागरिक समाजको १९औं वार्षिकोत्सव तथा पाँचौं विशेष नागरिक अवार्ड एवं श्रष्टा सम्मान २०८२ कार्यक्रम चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाले विशिष्ट व्यक्तित्वलाई संस्थाको मानार्थ सदस्यता वितरण गर्नुका साथै राष्ट्रमा विभिन्न विधाहरूमा विशेष योगदान पु¥याएका विशिष्ट व्यक्तित्वलाई संस्थाको तर्फबाट विशेष सम्मान प्रदान गरियोएको थियो ।
समारोहमा नेपालकी शीर्ष महिला ट्याटु कलाकारको पहिचान बनाउन सफल सुमिना श्रेष्ठलाई कार्यक्रममा ‘विशेष नागरिक सम्मान २०८२’ बाट विभूषित गरिएको थियो ।
यस्तै, सर्जन डा.बद्री रिजाल, चलचित्र निर्देशक समाजका सह-कोषाध्यक्ष राज बस्न्यात, क्रियाशिल सञ्चारकर्मी रामचन्द्र खड्का, अधिवक्ता निराज खड्का, मोडल वीजेन्द्र नौबागेलगायतलाई विशेष सम्मान गरिएको थियो ।
गत सेप्टेम्बर १३ देखि १५ सम्म ललितपुरको रामबाग महलमा आयोजना भएको विश्वभरका ट्याटु कलाकारहरूको ट्याटु सम्मेलनमा शीर्ष सम्मान हासिल गर्न सफल सुमिना विगत आठ वर्षभन्दा बढी समयदेखि ट्याटु आर्टिष्टको रूपमा सक्रिय हुनुहुन्छ ।
‘यो गरिमामय सम्मानले थप जिम्मेवारी बोध गराएको छ । मलाई आशा छ कि यस्तो सम्मानले म जस्तै ट्याटुलाई पेशाको रूपमा अगाडि बढाउन चाहने महिला कलाकारहरूलाई प्रेरित गर्नेछ,’ सम्मान प्राप्ति पश्चात श्रेष्ठले भन्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच