रुपन्देही । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएपनि नहुने निर्वाचनको पैरवी गरेर समय खेर नफाल्ने टिप्पणी गर्नुभएको छ ।
सोमवार रुपन्देहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान अन्तरिम सरकार चुनाव गर्नको लागि बन्दै नबनेको जिकिर गर्नुभयो । उहाँले सरकारका क्रियाकलापहरु चुनावकेन्द्रित नभएको आरोप समेत लगाउनु भयो । उहाँले निर्वाचन आयोगले निर्वाचनको तयारी तिव्र पारेको भएपनि सरकार निर्वाचन गराउने दिशामा केन्द्रित नएको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘नेकपा एमाले कहिल्यै पनि चुनावबाट भाग्ने पार्टी होइन । तर नहुने चुनावको पैरवी गरेर समय खेर फाल्दैन । यो सरकार चुनाव गर्नको लागि बनेकै होइन । यो सरकारका क्रियाकलापहरु चुनावतर्फ केन्द्रित नै छैनन् । निर्वाचन आयोगले मात्र चुनावको कुरा गरेर चुनाव हुदैन । निर्वाचन आयोगले गर्दागर्दै पनि सरकार चुनावको दिशामा छैन भन्ने हाम्रो ठहर हो, निष्कर्ष हो । र यो नै सत्य हो । अरु राजनीतिक दलका नेताहरु जो चुनाव चुनाव भनिरहनुभएको छ । उहाँहरु चुनाव हुने विश्वासमा होइन जेनजी रिसाउलान् भनेर चुनाव भनेका हुन् । नेकपा एमाले कसैसँग पनि डराउदैन । त्यसकारण हामी जनताका बीचमा छौं, सडकमा छौं । स्पष्ट एजेण्डा बोकेर यदि कुनै पार्टी अगाडि बढेको छ भने त्यो नेकपा एमाले मात्रै हो ।’
उहाँले नेकपा ९एमाले० कसैसँग नडराउने जिकिर गर्दै स्पष्ट एजेण्डासहित जनतामाझ गइरहेको दाबी पनि गर्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच