काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको छ । दोस्रो सिजनको एनपिएलको उद्घाटन खेलमा काठमाडौंले साबिक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको हो । सोमबार साँझ जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । काठमाडौंलाई जित दिलाउन बेन चाल्र्सवर्थले ४६, आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जोन सिम्पसनले १३ रनको योगदान गर्नुभयो ।
बेन केवल चार रनका कारण अर्धशतक पूरा गर्नबाट चुक्नुभयो । उहाँले केवल २३ बलको सामना गरी तीन छक्का र पाँच चौका हिर्काउनुभयो । बेन र आकाशले ओपनिङ विकेटका लागि ७० रनको साझेदारी गर्नुभएको थियो । आकाशले ४५ बलमा पाँच चौका पनि हिर्काउनुभयो । तेस्रो नम्बरमा क्रिज समाल्न आउनुभएका भीम सार्की तीन रन बनाउँदै आउट हुनुभयो । चौथो नम्बरका ब्याट्सम्यान मिलिन्द कुमार २२ बलमा एक छक्काको मद्दतले १९ रनको योगदान गर्नुभयो । विकेटकिपर ब्याट्सम्यान जोन सिम्पसनले ६ बलमा एक छक्का र एक चौकाको मद्दतले १३ रन बनाउनुभयो । जेरहार्ड एरास्मस एक र मोहम्मद आदिल आलम आठ रनमा अविजित रहनुभयो ।
जनकपुरका किशोर महतो, अनिल साह, ललित राजवंशी र निकोल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक/एक विकेट लिनुभयो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो । पाँचौं ओभरमा लगातार दुई विकेट गुमाएपछि जनकपुर बोल्ट्स दबाबमा परेको थियो । जनकपुरका लागि ओपनर आसिफ शेखले उत्कृष्ट अर्धशतकीय पाली खेल्नुभयो । आसिफ शेखले टोलीका लागि ५४रनको योगदान गर्नुभयो । यसक्रममा उहाँले केवल ४१ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काउनुभयो । एनपिएलको दोस्रो संस्करणमा अधैशतक र छक्का प्रहार गर्ने उहाँ पहिलो ब्याट्सम्यान पनि बन्नुभयो । उहाँले ३७ बलमा आफ्नो अर्धशतक पूरा गर्नुभयो । आसिफ शेख र लाहिरु मिलनथाले ओपनि विकेटका लागि ३४ रनको साझेदारी गर्नुभयो । मिलनथा भने १२ बलमा एक चौकाको मद्दतले सात रनमात्र बनाउन सक्नुभयो । उहाँ एनपिएलको दोस्रो संस्करणमा चौका प्रहार गर्ने पहिलो ब्याट्सम्यान पनि बन्नुभयो ।
जनकपुरका लागि माथिल्ला पाँचमध्ये एक ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । छैटौँ नम्बरमा क्रिज समाल्न आउनुभएका मायान यादवले टोलीको खातामा महत्वपूर्ण अविजित ३४ रनको योगदान गर्नुभयोे । उहाँले २९ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काउनुभयो । लाहिरु समाराकुनले पनि टोलीको खातामा २२ रन थप्नुभयो । काठमाडौं गोर्खाजका बलर मिलिन्द कुमारले तीन विकेट लिनुभयो । उहाँले चार ओभरमा केवल १५ रन खर्चिनुभयो । करण केसी, साहब आलम र सन्तोष यादवले पनि एक–एक विकेट हात पार्नुभयो ।
त्यसअघि, प्रधानमन्त्री सुशीला कार्कीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोली सहभागी छन् ।
प्रतियोगिताको दोस्रो दिन आज (मंगलबार) दुई खेल हुनेछन् । पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सको सामना गर्नेछ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । दोस्रो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच हुने छ । उक्त खेल साँझ ४ बजे सुरु हुनेछ । एनपिएल पहिलोपटक फ्लडलाइटमा भैरहेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच