काठमाडौं । निर्माण सामग्री उत्पादन एवं वितरणमा छुट्टै पहिचान बनाउन सफल नेपाटप अर्गनाइजेसन काठमाडौंमा सोमबारदेखि सुरु भएको दोस्रो नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्ससँग जोडिएको छ । नेपाटपका अध्यक्ष दिपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष जिसीले नेपाटपजस्तो प्रतिष्ठित ब्राण्डसँगको साझेदारीले टोलीलाई यस सिजनमा थप हौसला प्रदान गर्ने एवं खेलकुदमा निजी एवं व्यावसायिक क्षेत्रको प्रवेशले अझ फराकिलो आधार तयार गर्ने बताउनुभयो । नेपाटपका अध्यक्ष श्रेष्ठले पछिल्लो समय सबै पुस्तामा लोकप्रिय रहेको क्रिकेटको विकासमा बुद्धभूमिको सन्देश बोकेको लुम्बिनी लायन्ससँग जोडिन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदको प्रवद्र्धनमार्फत् समाजलाई एकताको सकारात्मक सन्देश दिने एवं स्थानीय युवाको प्रतिभा प्रस्फुटन गराउने कार्यमा कम्पनीको सदैव साथ रहने बताउनुभएको थियो ।
सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाटपका प्रबन्ध निर्देशक अमृतप्रसाद, वरिष्ठ बजार व्यवस्थापक विनोद महत एवं लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको उपस्थिति थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच