काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेड नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपिएल) दोस्रो सिजनमा विराटनगर किङ्सको अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनर बनेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच सुबिसुका मार्केटिङ प्रमुख सुजनकृष्ण प्रधान र विराटनगर किङ्सतर्फबाट म्याड ड्रिम्स स्पोर्ट्स प्रालिका निर्देशक राजेश बजरियाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
एनपिएलको दोस्रो संस्करण सोमबारदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु भएको हो । सुबिसुका मार्केटिङ प्रमुख सुजनकृष्ण प्रधानले भन्नुभयो, ‘राष्ट्रिय टिमका खेलाडी सन्दिप लामिछाने, प्रतिश जिसीलगायतका खेलाडी समावेश विराटनगर किङ्ससँग इन्टरनेट एक्सपिरियन्स पार्टनरका रूपमा जोडिन पाउँदा हामी निकै उत्साहित छौं, यस सहकार्यले नेपाली खेलकुदमा सुबिसुले निरन्तर सहकार्य र प्रतिबद्धता दर्शाएको छ ।’ उहाँले आगामी दिनमा समेत सुबिसु नेपालको खेलकुद विकास र विस्तारमा निरन्तर हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । कार्यक्रममा विराटनगर किङ्सतर्फबाट बोल्दै बजरियाले सुबिसु इन्टरनेटलाई अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनरका रूपमा भिœयाउन पाउँदा उत्साहित भएको बताउनुभएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच