काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २४औँ वार्षिक साधारणसभा आइतबार बैंक सञ्चालक समिति अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ ।
साधारणसभाले बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार एक सय ९० रुपैयाँ) मा पाँच प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँ) बोनस सेयर तथा ५.५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ हजार नौ सय पाँच रुपैयाँ) नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असारसम्मको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधिको नगद प्रवाह विवरण, स्वपुँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरू पनि पारित गरेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच