काठमाडौं । राष्ट्र, राष्ट्रियता तथा धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
मङ्सिर ७ गतेदेखि आन्दोलन थालनी गर्ने घोषणा गरिसक्नुभएका प्रसाईंलाई प्रहरी टोलीले मध्यरातमा भक्तपुरस्थित उहाँको निवासबाट नियन्त्रणमा लिएको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले उहाँको गिरफ्तारीको पुष्टि गर्नुभयो। जिल्ला प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उहाँलाई पक्राउ गरी अहिले भद्रकालीस्थित प्रहरी परिसरमा राखेको जनाएको छ।
प्रसाईंले हालै दिनुभएको अभिव्यक्ति कतिपयले भड्काउने प्रकृतिको रहेको तथा त्यसले हिंसा उत्पन्न हुन सक्ने सम्भावना देखिएकाले समातिएको बताइएको छ।उहाँले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्दै यातायातसहित सबै क्षेत्र अवरुद्ध गर्ने दाबी गर्दै आउनुभएको थियो।
साथै, देशको प्रतिष्ठासँग सम्बद्ध नेपाल प्रिमियर लिग ९एनपीएल० रोक्नुपर्ने चेतावनी समेत क्यानका अधिकारीलाई दिनुभएको सार्वजनिक भएको थियो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच