काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार साँझ बालुवाटारमा काठमाडौँ उपत्यकाका मेयरहरूको फोरमसँग विचार–विमर्श गर्नुभएको छ।
उपत्यकाका तीनै जिल्लाका स्थानीय तहका प्रमुखहरू सहभागी उक्त कार्यक्रममा काठमाडौँ महानगरका मेयर बालेन शाह भने उपस्थित हुनुभएन।
उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तह प्रमुखहरूको साझा संरचना मानिने ‘मेयर्स फोरम’का बैठकहरूमा मेयर शाह यसअघि पनि सहभागी नहुने गरेको फोरम सदस्यहरूले बताएका छन्।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको बैठकमा पनि उहाँ अनुपस्थित रहनुभएको थियो। सोमबारको बैठकमा समेत मेयर शाह नआएको विषयमा प्रधानमन्त्री कार्कीले असन्तुष्टि व्यक्त गर्नुभएको एक मेयरले जानकारी दिए।
यसअघि बालुवाटारमै पत्रकारहरूसँग कुराकानी गर्दा प्रधानमन्त्री कार्कीले मेयर बालेनको स्वभावलाई संकेत गर्दै टिप्पणी गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो, “उहाँले हाम्रो कुरा सुन्नु मान्नुहुँदैन, आफ्नै धारणा मात्र राख्न चाहनुहुन्छ। उहाँको कार्यशैली फरक देखिन्छ।”






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच