काठमाडाैं । चिकित्सकहरूले बिहानै खाली पेट दूध–चिया सेवन गर्दा शरीरमा विभिन्न नकारात्मक प्रभाव पर्न सक्ने चेतावनी दिएका छन्।बिहान उठ्नेबित्तिकै धेरै नेपालीले दालचिनी वा अदुवाजस्ता मसला मिसाइएको दूध–चिया पिउने बानी राखे पनि विशेषज्ञहरूका अनुसार खाली पेट क्याफिनयुक्त पेय शरीरकाे पाचन प्रणालीका लागि उपयुक्त मानिँदैन।
स्वास्थ्य विज्ञहरूका अनुसार खाली पेट चिया सेवनले ग्यास्ट्रिक समस्या बढाउने, एसिडिटी तीव्र बनाउने, तथा पेटभित्रको पाचन एन्जाइमको कार्यमा अवरोध उत्पन्न गर्न सक्ने बताइएको छ। त्यस्तै दूध मिसिएको चियाले केही व्यक्तिमा फुलावट, अपच, र भोक नलाग्ने समस्या समेत देखिन सक्ने चिकित्सकहरूको भनाइ छ।
विशेषज्ञहरूका अनुसार क्याफिनले बिहानै खाली पेटमा शरीरलाई अनावश्यक रूपमा उत्तेजित बनाउँछ, जसका कारण केही व्यक्तिमा हृदयधड्कन बढ्ने, चन्चलता तथा अस्थिरता महसुस हुन सक्छ।
यद्यपि, हल्का बिहानको खानेकुरा (जस्तै पानी, फलफूल, वा सुकुटी, चिउरा आदि) सेवन गरेको केही समयपछि चिया पिउनु स्वस्थ विकल्प मानिने विज्ञहरूको सुझाव छ। स्वास्थ्यकर्मीहरूले खाली पेट चियाको विकल्पमा बिहानै मनताताे पानी, निम्बू पानी, वा मधु पानी सेवन गर्न सकिने सुझाव दिएका छन्।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच