मकवानपुर । लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार सोमबार राति करिब १० बजे हेटौंडा-१० कर्रा क्षेत्रमा विशेष सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा ३७ वर्षीय हर्कबहादुर क्षेत्री पक्राउ परेका हुन् ।
प्रहरीले पैदल हिँडिरहेको अवस्थामा उनलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ५४० मिलिग्राम खैरो हिरोइन (प्लास्टिकसहित तौल) फेला परेको जनाएको छ ।
उनी बसेको कोठाबाट २ थान फलामका रड पनि बरामद गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका क्षेत्रीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच