फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । खासगरी नकुहिने शहरी फोहोरको दिगो व्यवस्थापनमा समस्या देखिएको छ । कतिपयले फोहोरबाट मोहोर आर्जन गर्न सकिने दाबी गरे पनि त्यो सम्भव नहुने विज्ञहरू बताउँछन् । खानेपानी तथा सरसफाइ(वास) विज्ञ कृष्णराम यान्दो स्वदेश फर्किएर वास क्षेत्रमा क्रियाशील हुनुहुन्छ । विगतमा थाइल्याण्डमा सोही क्षेत्रमा काम गरेर फर्किनुभएका उहाँले केही वर्ष इको कन्सर्न प्रालिको नेतृत्व तहमा काम गर्नुभयो । हाल उक्त कम्पनीका सल्लाहकारको भूमिकामा रहनुभएका यान्दो भक्तपुरको हनुमानघाट र काठमाडौंको गोकर्णमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको नेतृत्व गरिरहनुभएको छ । फोहोर पानीका साथै दिशाजन्य लेदोसमेत प्रशोधन गर्न सक्ने गोकर्ण प्रशोधन केन्द्रको फोहोर पानी प्रशोधन क्षमता दैनिक ३० लाख लिटर रहेको छ भने १० लाख लिटर दिसाजन्य लेदो प्रशोधन क्षमता रहेको छ । त्यस्तै, हनुमानघाटको दैनिक १० लाख लिटर फोहोर पानी प्रशोधन क्षमता रहेको छ । उहाँका अनुसार फोहोरलाई मोहोर बनाउन भनेजस्तो सजिलो छैन । प्रस्तुत छ, फोहोर व्यवस्थापनबारेमा हिमालय टाइम्सका लागि कृष्णराम यान्दोसँग लेखनाथ पोखरेलले गर्नुभएको संवादको संक्षिप्त अशः-
तपाईंले केही वर्ष इको कन्सर्न प्रालिको नेतृत्वमा रहेर पनि काम गर्नुभएको थियो, इको कन्सर्नले के काम गर्छ ?
इको कन्सर्नले वास सेक्टरमा काम गर्छ, जस्तो कि वाससँग सम्बन्धित योजनाहरू बनाइदिने, वाससम्बन्धी प्रोडक्ट उत्पादन र बिक्री गर्ने । जस्तै, एउटा हामीसँग सिएस भन्ने फिल्टर छ । जसमा पानी फिल्टर गरेपछि पानी उमालिरहनुपर्दैन, फिल्टरले नै पानीका सबै किटाणु नष्ट गरिदिन्छ र त्यो पानी पिउनयोग्य हुन्छ । पानीमा अन्य केमिकल औषधिहरू हाल्नुपर्दैन । हामीसँग सेफ्टी ट्यांक पनि छ । अहिले घर-घरमा बनाइएको सेफ्टी ट्यांकचाहिँ सेफ्टी ट्यांक नभएर होल्डिङ ट्यांक हो । हामीले चाइनाबाट, इण्डियाबाट सेफ्टी ट्यांक ल्याएर यहाँ परीक्षण सफल भएपछि प्रयोगमा ल्याएका हौं । माग भएको खण्डमा हामी घर-घरमा गएर हाम्रो संस्थाले जडान पनि गर्दै आएको छ । विगत सात वर्षदेखि हामीले यसमा काम गरिरहेका छौं । त्यसैगरी वाटर ट्रिटमेन्ट प्लान्टको काम पनि हुन्छ ।
फोहोरबाट बायोग्याँस बनाउने कुरो पनि धेरै चुनौतीपूर्ण छ किनभने अहिलेसम्म सक्सेस भएको छैन । किन भएको छैन ? बायोग्याँस प्लान्टहरू हेर्नुभएको छ भने त्यहाँ गोबरमात्र हालेको हुन्छ । किनभने मैले जति पनि बायोग्याँस प्लान्टहरू भिजिट गरेको छु, जुनमा ग्याँस निस्केको छ ।
परम्परागत सेफ्टी ट्यांकभन्दा त्यस्तो सेफ्टी ट्यांकमा के फरक छ ?
तुलनात्मकरूपमा सस्तो पर्छ र जडान पनि तुरुन्तै गर्न सकिने भयो । एक स्थानबाट अर्को स्थानमा सार्न पनि सकिन्छ । परम्परागत सेफ्टी ट्यांक बनाउन सिमेन्ट, इँटा, ढुंगालगायतका निर्माण सामग्रीहरू आवश्यक पर्छ अनि निर्माण गर्न पनि समय लाग्ने भयो तर तयारी सेफ्टी ट्यांक जडानका लागि कुनै पनि निर्माण सामग्री चाहिँदैन र तुरुन्तै जडान गरेर प्रयोग गर्न सकिन्छ । परम्परागत सेफ्टी ट्यांक चर्किने, लिक हुने सम्भावना धेरै हुन्छ तर तयारी सेफ्टी ट्यांकमा त्यस्तो समस्या हुँदैन । ट्रिटमेन्ट क्षमता पनि परम्परागत सेफ्टी ट्यांकभन्दा ९० प्रतिशत बढी हुन्छ । अहिले दुर्ई हजार लिटर क्षमताको सेफ्टी ट्यांकको मूल्य एक लाख २० हजार प्लस भ्याटमा उपलब्ध गराउँदै आएका छौं ।
अहिले चाहिँ अरू के गर्दै हुनुहुन्छ ?
अहिले भक्तपुरको हनुमानघाट र काठमाडौंको गोकर्णमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गर्ने प्रोजेक्टको मैले नेतृत्व गरिरहेको छु । दुर्ई वर्ष भयो, त्यसको डिजाइन गर्नेदेखि निर्माणसम्म सबै काम मेरै नेतृत्वमा भइरहेको छ । निर्माण भएपछि पाँच वर्षसम्म सञ्चालन गरेर त्यसपछि नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्छ ।
ती प्रशोधन केन्द्रहरूको प्रशोधन क्षमता कति हो ?
हनुमानघाट केन्द्रले दैनिक १० लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्छ भने गोकर्णको केन्द्रले दैनिक ३० लाख लिटर प्रशोधन गर्न सक्छ । गोकर्ण केन्द्रले भने दैनिक १० हजार लिटर दिसाजन्य लेदोसमेत प्रशोधन गर्न सक्छ । दुवै प्रशोधन केन्द्रबाट मल उत्पादन हुन्छ ।
तपाईं थाइल्याण्डमा वास क्षेत्रमै काम गर्दागर्दै स्वदेश फर्किनुभयो, यहाँभन्दा त थाइल्याण्डमै धेरै राम्रो होइन र ?
अलिकति फाइदाको हिसाबले त थाइल्याण्डमै ठीक थियो तर मैले पैसामात्रै सोचिनँ, जीवनका अन्य पाटोहरू पनि हुन्छन् जो पैसाबाट पूर्ति हुन सक्दैन । त्यसो त म थाइल्याण्डमा अध्ययनका लागि गएको थिएँ । अध्ययनकै क्रममा वास क्षेत्रमा काम सुरु गरियो । कामकै सिलसिलामा एकजना डा. रोशन श्रेष्ठसँग मेरो भेट भयो । उहाँकै प्रेरणाले म नेपाल फर्किएको थिएँ । उहाँले वास सेक्टरमा नेपालमै धेरै अवसर रहेको भन्दै मलाई कन्भिन्स गराउनुभएपछि फर्किएको हुँ । त्यही जागरणकै कारण स्वदेश फर्किएर वास सेक्टरमै काम गर्दैछु । डा. श्रेष्ठले भनेजस्तै यहाँ त वास सेक्टरमा काम त कति हो कति ।
फोहोरबाट मोहोर बन्छ अर्थात् फोहोर समस्या नभई अवसर हो, फोहोरबाट धेरै आम्दानी गर्न सकिन्छ भन्छन्, के त्यस्तै हो त ?
फोहोरबाट मोहोर एकदमै महत्वाकांक्षी नाराजस्तो लाग्छ । फोहोरलाई प्रशोधन गरेर आम्दानी गर्न नसकिने त होइन तर त्यसका लागि ठूलो लगानी चाहिन्छ । फोहोरलाई मोहोर बनाउन धेरै चरणबद्ध कामहरू गर्नुपर्ने हुन्छ । वास्तवमा अहिलेको परिस्थितिसम्म कहीँ पनि फोहोरबाट मोहोर बनेको छैन । हामीले के बुझ्नुप¥यो भने फोहोरबाट मोहोर होइन, फोहोर व्यवस्थापनबाट समृद्धि भने प्राप्त हुन सक्छ । समृद्धि भनेपछि हाम्रो स्वास्थ्य राम्रो हुने भयो, हाम्रो वातावरण राम्रो हुने भयो, हामीलाई स्ट्रेस कम हुने भयो किनभने फोहोर देखेपछि हाम्रो मेन्टल स्ट्रेस बढ्छ, सफा ठाउँमा बसेपछि मन आनन्दित हुन्छ । पर्यटन प्रवद्र्धन हुन्छ । हामी त्यसरी चाहिँ समृद्धितर्फ लाग्न सक्छौं । त्यसैले फोहोरबाट मोहोर बनाउने महत्वाकांक्षी नारामा हामीले पुनर्विचार गर्नुपर्ने देख्छु । किनभने नेपालका सन्दर्भमा तत्काल त्यो सम्भव छैन ।
फोहोरबाट मोहोर एकदमै महत्वाकांक्षी नाराजस्तो लाग्छ । फोहोरलाई प्रशोधन गरेर आम्दानी गर्न नसकिने त होइन तर त्यसका लागि ठूलो लगानी चाहिन्छ । फोहोरलाई मोहोर बनाउन धेरै चरणबद्ध कामहरू गर्नुपर्ने हुन्छ ।
फोहोरबाट मल र ग्याँस उत्पादन गर्न सकिन्छ भन्छन् त ?
फोहोरबाट बायोग्याँस बनाउने कुरो पनि धेरै चुनौतीपूर्ण छ किनभने अहिलेसम्म सक्सेस भएको छैन । किन भएको छैन ? बायोग्याँस प्लान्टहरू हेर्नुभएको छ भने त्यहाँ गोबरमात्र हालेको हुन्छ । किनभने मैले जति पनि बायोग्याँस प्लान्टहरू भिजिट गरेको छु, जुनमा ग्याँस निस्केको छ । एक किसिमको फोहोर हालेरमात्रै बायोग्याँस बनेको देखिएको छ । शहरी क्षेत्रमा उत्पादन हुने फोहोरले बायोग्याँस बनाउन सकिँदैन ।
नकुहिने फोहोरसमेत मिसावट भएकाले शहरी फोहोरबाट ग्याँस बनाउन नसकिएला तर तरकारी बजारबाट उत्पादन हुने फोहोर त सड्ने फोहोर हो, त्यसबाट त मल र ग्याँस उत्पादन गर्न सकिएला नि ?
तपाईंले ठीक कुरा उठाउनुभयो तर त्यस्तो फोहोरलाई पनि बायोग्याँस र मल बनाउन निश्चित चरणहरू पार गर्नुपर्ने हुन्छ । फोहोरलाई टुक्रा गर्नुप¥यो, चपिङ गर्नुपर्यो । रेसियो मिलाउनुपर्यो । कार्बन, नाइट्रोजनको मात्रा मिलाउनुपर्यो । त्यस्तो रेसियो मिलाउन सकेन भने फोहोरबाट कार्बनमात्रै बन्छ । हामीलाई चाहिने ग्याँस बन्दैन ।
कतिपयले फोहोरबाट कुकिङ ग्याँस उत्पादन गरेका छन् त ?
सानो-सानो स्केलमा सक्सेस भएको छ । घर-घरमा ट्वाइलेट र गोबर मिसाएर ग्याँस निकालेका छन् । तर, व्यावसायिकरूपमा सफल भएको छैन ।
थाइल्याण्डतिर चाहिँ फोहोर व्यवस्थापन कसरी गर्छन् ?
त्यहाँ बसुन्जेल मैले के देखेँ भने एउटा त्यहाँका नागरिकहरू एकदमै सचेत रहेको पाएँ । त्यही भएर थाइल्याण्ड एकदमै गर्मी ठाउँ भए पनि फोहोरको समस्या कहिल्यै हुँदैन । बैंककमा जहिले सफा देखिन्छ । हाम्रोमा पनि पहिलाभन्दा धेरै सुधार त भइसकेको छ । हाम्रो धेरैजसो समस्या कुहिनेभन्दा पनि नकुहिने फोहोरको समस्या हुने गरेको छ । कुहिने फोहोर कुनै न कुनै हिसाबले व्यवस्थापन भएको हुन्छ किनभने कुहिने फोहोर दुर्गन्धित हुने भएकाले घर-घरमै पनि व्यवस्थापन गर्ने प्रचलन छ । मुख्य समस्या भनेको प्लाष्टिकजन्य फोहोर हो । त्यसैले १० पिपिएमभन्दा कमको प्लाष्टिक प्रयोगमा रोक लगाउनुपर्छ । अर्थात् रिसाइकल हुन सक्ने प्लाष्टिकमात्रै प्रयोगमा ल्याउनुपर्छ । अर्को भनेको मल्टीलेयर प्लाष्टिक व्यवस्थापन पनि चुनौतीपूर्ण छ । चाउचाउ, बिस्कुटलगायतका प्याकेजिङ प्लाष्टिकमा मल्टीलेयर हुन्छ । त्यसको रिसाइकल पनि त्यति सहज छैन ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच