नेपाली गीत संगीतको क्षेत्रमा आफ्ना गीतमार्फत स्थापित नाम हो मीना नेपाली । बुबा नरबहादुर नेपाली र आमा हिमादेवी नेपालीको कोखबाट पाँचथरमा जन्मिएनुभएकी उहाँको परिवार पछि मोरङमा बसाइँ सर्यौँ । विसं. २०६६ सालदेखि काठमाडौंमै रहँदै आउनुभएकी उहाँ गीत संगीतसँगै व्यवसायमा पनि संलग्न हुनुहुन्छ । १५० को हाराहारीमा गीत गाउनुभएको छ उहाँले उहाँको ‘हर सासमा अड्किन्छौ तिमी’ गीत रेडियो नेपालको प्रतियोगितामा पहिलो भएको थियो । यस्तै, ‘सिउँदो खाली भो’, ‘मनमा के छ’, ‘हेर्दा-हेर्दै आकाशमा’ जस्ता गीत धेरै मन पराइएका छन् । सानैदेखि गीत गाउन भनेपछि हुरुक्क हुने मीनालाई आधुनिक, क्लासिक, सेमी क्लासिक र गजल अलिक बढी मन पर्छ । त्यसो त सबै गीतमा उतिकै न्याय गर्नसक्ने उहाँको भनाइ छ । पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा देखिएको विकृति देखिएको उहाँको गुनासो छ । संगीतमा अटो-ट्युनको अत्यधिक प्रयोगले वास्तविक स्वरको सौन्दर्य घटाइरहेको उहाँको भनाइ छ । राम्रो गीत-संगीत टिक्छ, भाइरलको पछि लाग्नु हुँदैन भन्ने मान्यता राख्नुहुने गायिका मीना नेपालीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंश :-
यतिबेला के गर्दै हुनुहुन्छ ?
गीत-संगीतका कार्यमा नै आफूलाई व्यस्त राख्दै आएकी छु । अहिले केही अडियो रेकर्डिङका काम हुँदै छन् । साथै भिडियो निर्माणको प्रक्रियामा पनि छु । आफ्नो व्यवसायमा पनि संलग्न छु । यस्तै यस्तै दिनचर्या चल्दै छ ।
डेढ सयको हाराहारीमा गीत गाउनुभएकी मीनाको ‘हर सासमा अड्किन्छौ तिमी’ गीत रेडियो नेपालको प्रतियोगितामा पहिलो भएको थियो । यस्तै, ‘सिउँदो खाली भो’, ‘मनमा के छ’, ‘हेर्दा-हेर्दै आकाशमा’ जस्ता उहाँको स्वरमा रहेका गीत धेरै मन पराइएका छन् । सानैदेखि गीत गाउन भनेपछि हुरुक्क हुने मीनालाई आधुनिक, क्लासिक, सेमी क्लासिक र गजल अलिक बढी मन पर्छ । त्यसो त सबै गीतमा उत्तिकै न्याय गर्नसक्ने उहाँको दाबी छ ।
अहिलेसम्म कति जति गीत रकेर्ड भएका छन् होला यहाँका ?
लगभग १५० जति गीत रेकर्ड भइसकेका छन् । अडियो सामग्री धेरै छ, तर भिडियो भने केही कम छन् ।
यहाँ गीत-संगीतसँगै व्यवसायमा पनि संलग्न हुनुहुन्छ, कसरी अघि बढाइरहनु भएको छ ?
हो, म व्यवसायमा पनि संलग्न भएकी छु । व्यवसायका कारण केही समय गीत संगीतको काममा कमी त भयो, तर फेरि निरन्तर रूपमा संगीतमै फर्किंदै छु । म दुवै क्षेत्रमा सन्तुलन मिलाउँदै अघि बढ्ने प्रयासमा छु ।
तपाईंलाई कुन विधाका गीत बढी मन पर्छ ?
मलाई आधुनिक गीत बढी मन पर्छ । साथै क्लासिकल, सेमी-क्लासिकल र गजल पनि गाउन निकै रुचाउँछु । यी विधाले मेरो स्वरको विशिष्टता राम्रोसँग व्यक्त गर्छन् भन्ने लाग्छ ।
यहाँको स्वरमा रहेका केही गीतको नाम लिनुपर्दा ?
‘हर सासमा अड्किन्छौ तिमी’ गीत रेडियोको प्रतियोगितामा पहिलो भएको थियो । ‘सिउँदो खाली भो’, ‘मनमा के छ’, ‘हेर्दा-हेर्दै आकाशमा’ जस्ता गीत धेरै मन पराइएका छन् । काव्य आचार्य दिदीसँग रिमिक्समा समेत काम गरेकी छु ।
यहाँको गायन यात्रा कसरी सुरु भएको हो ?
परिवारका सदस्यहरूका अनुसार म सानैदेखि गाउँथेँ । मलाई आफैँलाई याद हुँदा, सानैमा अरूले ‘राम्रो गाउँछेस्’ भनेर हौसला दिनुहुन्थ्यो ।
सानोमा बढी कसका गीत गाउनुहुन्थ्यो ?
सानैमा म धेरै गीत गाउँथेँ, जसमा अञ्जु पन्तका गीत विशेष रूपमा गाउने गर्थें ।
गीत संगीत सिक्नु पनि भयो कि, तपाईंका गुरुहरू को-को हुनुहुन्छ ?
सिके नि । सिकाइको यो यात्रा मेरो लागि अत्यन्तै मूल्यवान् अनुभव रह्यो । अझै पनि सिक्दै छु । संगीतको संसारमा गहिरो रूपमा प्रवेश गर्न, व्यवस्थित रूपमा ज्ञान हासिल गर्न र आफूलाई दक्ष बनाउन निरन्तर अभ्याससँगै योग्य गुरुहरूको मार्गदर्शन अत्यावश्यक थियो । यही आवश्यकता महसुस गर्दै मैले विभिन्न समयमा प्रतिष्ठित तथा अनुभवी संगीत व्यक्तित्वहरूबाट औपचारिक र अनौपचारिक रूपमा शिक्षा लिन पाएँ ।
मेरा सम्माननीय गरुहरूमा डाक्टर किरात राई, दिनेश थापा, प्रकाश गुरुङ, धनबहादुर गोपाली र चण्डीप्रसाद काफ्ले हुनुहुन्छ । सबैजना आफ्नो क्षेत्रमा स्थापित, अनुभवी र गहिरो साधनाभूमि भएका व्यक्तिहरू हुनुहुन्छ । उहाँहरूले मलाई स्वर, ताल, लय, प्रस्तुति कला, गीतको आत्मा बुझ्ने तरिका र संगीतप्रति समर्पण जस्ता पक्षहरूमा निरन्तर मार्गदर्शन गर्नुभयो । उहाँहरूको सान्निध्यले मेरो कलात्मक दृष्टि विस्तार भयो र संगीतलाई अझ जिम्मेवारीका साथ अघि बढाउनुपर्ने प्रेरणा प्राप्त भयो ।
यत्ति मात्र होइन, मैले संगीतप्रतिको लगावलाई शैक्षिक रूपमा पनि सबल बनाउन म्युजिकमै ब्याचलर डिग्री गरे । औपचारिक शिक्षाले संगीतको सिद्धान्त, इतिहास, संरचना तथा आधुनिक प्रविधि सबै पक्षमा गहिरो समझ प्रदान गर्यो । यसले अभ्यास र अनुभवलाई थप व्यवस्थित तथा वैचारिक आधार दिएर मेरो कलात्मक यात्रालाई अझ मजबुत बनाएको छ भन्नुपर्ला ।
पेसागत रूपमा संगीतमा कहिलेदेखि सक्रिय हुनुहुन्छ ?
म विसं २०६६ सालदेखि यो क्षेत्रमा निरन्तर रूपमा सक्रिय हुँदै आएको छु । त्यो सुरुवाती समयदेखि नै संगीतले माझमा एउटा विशेष ऊर्जा, प्रेरणा र जीवनबोध जगाइदियो । दिन-प्रतिदिन ताल, लय र स्वरहरूसँगको संगतले मेरो आत्मा र पहिचानलाई आकार दिन थाल्यो । समयसँगै संगीत केवल पेसागत यात्रा मात्र होइन, मेरो भावनात्मक अभिव्यक्ति, सोच, जीवनदर्शन र आत्मसन्तुष्टिको माध्यम पनि बन्यो ।
आजसम्मको यात्रामा अनेक अनुभव, संघर्ष, सिकाइ र सफलताहरू आए, जसले संगीतप्रतिको समर्पणलाई अझ गहिरो बनाउँदै लग्यो । यी सबैसँग, संगीत मेरो जीवनको अभिन्न मात्र होइन, अविच्छिन्न हिस्सा बनिसकेको छ, जसले मलाई निरन्तर सिर्जनशील, संवेदनशील र प्रतिबद्ध रहन प्रेरित गरिरहन्छ ।
कोसँग गाउन पाए हुन्थ्यो भन्ने लाग्छ ?
भविष्यमा शिव परियार र यस कुमारसँग गाउने ठूलो चाहना छ ।
यो क्षेत्रमा आउन चाहनेलाई के भन्नुहुन्छ ?
गीत-संगीतमा भविष्य बनाउने सोचका साथ आउनेहरूलाई पहिले सिकेर, आफैँलाई दक्ष बनाएर मात्र बजारमा आउनुहोस् भन्न चाहन्छु । बिनातयारी आएको प्रतिभा लामो समय टिक्दैन ।
पछिल्लो समय नेपाली गीत-संगीतको अवस्था कस्तो देख्नुहुन्छ ?
पछिल्लो समय राम्रो गीत ट्रेनिङको कमी देखिन्छ । त्यसमाथि ‘भाइरल’ हुने लोभ बढेको छ । संगीतमा अटो-ट्युनको अत्यधिक प्रयोगले वास्तविक स्वरको सौन्दर्य घटाइरहेको छ, जुन राम्रो होइन । राम्रो, शाश्वत र कलात्मक गीतहरू आउन भन्न चाहन्छु । भाइरल, उच्छृंखल गीतको पछि लागेर संगीतको स्तर खस्कनु हुँदैन भन्न चाहन्छु ।
जीवन के हो जस्तो लाग्छ ?
जीवन एउटा समय हो, सुन्दर फूल हो । यो समय जति बाँचिन्छ फूलले सुगन्ध दिएजस्तै दिन पाइयोस् भन्ने लाग्छ ।
गीत संगीतलाई कसरी बुझ्ने ?
यो अथाह छ, महासागर हो । जति बुझ्यो उति गहिरो लाग्छ । गीत संगीत भनेको जीवनको एउटा पार्ट पनि हो । सुख दुःखको साथी हो । संगीत जीवनको सुगन्धजस्तै हो, जसले मानिसलाई भित्र-भित्रै सुन्दर बनाइदिन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच