काठमाडौं । जाडोयाम पूर्ण रूपमा प्रवेश गरेसँगै राजधानीका चोक–चौबीसैमा बदामको कारोबार चहल–पहल बढेको छ। घाम लागेको दिउँसो साथीहरूसँग भट्मा मार्दै बदाम चपाउने दृश्य अहिले जहाँ–ततै सहजै देखिन्छ।
पौष्टिक तत्वले भरिपूर्ण बदाममा चिल्लो, प्रोटिन, भिटामिन र खनिज प्रशस्त पाइने भएकाले यसलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ। विशेषगरी मुटुको रक्तनालीलाई स्वस्थ राख्न, कोलेस्ट्रोल नियन्त्रण गर्न तथा शरीरमा आवश्यक उर्जा पूर्ति गर्न बदाम प्रभावकारी खाद्य वस्तु मानिन्छ।
स्वास्थ्य विज्ञहरूको भनाइमा बोक्रासहित बदाम सेवन गर्नु अझ उपयोगी मानिन्छ, तर यसको मात्रा भने सन्तुलित हुन जरुरी छ।
बजारमा अहिले गुणस्तर र परिमाणअनुसार बदामको मूल्य ५० रुपैयाँदेखि ३५० रुपैयाँसम्म पर्नेसम्म छ।
नियमित बदाम सेवनका प्रमुख फाइदाहरू
तौल नियन्त्रणमा मद्दत
बदाम खाँदा पेट छिट्टै भरिने हुँदा अनावश्यक समयमै अरू खानेकुरा खाने बानी घट्छ। यसले क्यालोरी नियन्त्रणमा रहँदा मोटोपना कम गर्नेमा सहायक हुन्छ।
रोगप्रतिरोधात्मक क्षमता वृद्धि
मुटुसम्बन्धी रोगको जोखिम कम गर्नुका साथै बदामले मानसिक स्वास्थ्यमा पनि सहयोग गर्छ। नियमित प्रयोग गर्नेमा डिप्रेसनको समस्या न्यून देखिन्छ। बदाममा पाइने फाइटोस्टेरोल नामक तत्वले ट्युमर नियन्त्रण गर्न मद्दत गर्ने भएकाले क्यान्सरको जोखिम समेत घटाउँछ।
फोलिक एसिडको राम्रो स्रोत
बदाममा प्रशस्त फोलिक एसिड पाइने भएकाले महिलाको प्रजनन क्षमतामा सुधार ल्याउन सहायक हुन्छ। गर्भवती महिलाले बदाम सेवन गरेमा गर्भस्थ शिशुको वृद्धि–विकासमा लाभ पुग्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।
छाला सुन्दर र स्वस्थ राख्ने
नियमित बदाम सेवनले छालामा हुने सुख्खापन, फुस्रोपन वा दाग कम गर्न मद्दत गर्छ। यसले प्राकृतिक चमक फिर्ता ल्याउने भएकाले छालाका लागि प्राकृतिक औषधि जस्तै मानिन्छ।
भिटामिन सीको आपूर्ति
बदाममा रहेको भिटामिन सीले घाँटी सुख्खा हुने, खसखस गर्ने तथा चिसोबाट हुने रुघाखोकीको जोखिम घटाउँछ।
कपालको स्वास्थ्यमा सुधार
बदाममा कपाल मजबुत र चम्किलो बनाउन सहायक तत्व पाइन्छ। नियमित सेवनले कपाल झर्ने, टुक्रने तथा फुस्रो हुने समस्या न्यून हुन्छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच