जनकपुरधाम । प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सव मुख्य दिन आज (मंगलबार) दिउँसो स्वयंवर गरिँदै छ । आज जनकपुरधामस्थित जानकी मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी नगर परिक्रममापश्चात् रंगभूमिमा पुर्याइनेछ । सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमि मैदानमा लगिनेछ । रंगभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता र रामलाई जानकी मन्दिरमा ल्याई आज साँझ मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिने जानकी मन्दिरका महन्थले जानकारी दिनुभयो ।
सो अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन सहभागी हुनेछन् । रंगभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको झझल्को दिनेछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतको विभिन्न स्थानबाट श्रद्धालु जनकपुरधाम आएका छन् । स्वयंवर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको संख्यामा श्रद्धालु भक्तजनको भिड लागेको छ । यस अवसरमा मधेस प्रदेश सरकारले आज (मंगलबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै आज प्रदेशभर सार्वजनिक बिदा रहेको जनाएको हो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच