नयाँदिल्ली । भारतीय महिला टोलीले लगातार दोस्रोपटक कबड्डी विश्वकप जितेको छ । फाइनलमा चाइनिज ताइपेईलाई ३५-२८ ले पराजित गर्दै भारतले उपाधि जितेको हो । ढाकामा भएको फाइनलमा टोलीले सुरुदेखि नै पूर्णरूपमा प्रभुत्व जमाएको थियो । भारतले २०१२ मा इरानलाई हराएर पहिलोपटक विश्वकप जितेको थियो । टोलीले २०१२ र २०२५ दुवै विश्वकप सिजनमा आफ्ना सबै १२ खेल जितेको छ ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्नुभएकी छत्तिसगढकी रेडर सञ्जु देवीलाई प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित गरियो । सञ्जु देवीले पहिलो रेडमा भारतलाई अग्रता दिलाउनुभएको थियो । ढाकाको शहीद सुहरावर्दी इण्डोर स्टेडियममा खेलिएको खेलमा चाइनिज ताइपेईले टस जितेर भारतलाई पहिले रेड गर्ने अवसर दिएको थियो ।
यो चाइनिज ताइपेईविरुद्ध भारतको लगातार दोस्रो जित हो । २०२३ को एसियाली खेलकुदको फाइनलमा टोलीले २६-२५ ले जितेको थियो । सोही प्रतियोगितामा दुई टोलीले समूह खेलमा ३४-३४ को बराबरी पनि गरेका थिए । भारतीय टोलीले समूह चरणदेखि फाइनलसम्मका सबै खेलहरू प्रभावशाली नतिजाका साथ जित्यो । भारतले सेमिफाइनलमा इरानलाई ३३-२१ ले पराजित गर्यो र फाइनलमा चाइनिज ताइपेईमाथि ३५-२८ को जित हासिल गर्दै लगातार दोस्रोपटक विश्वकप उपाधि जित्यो । एजेन्सी







टेनिस युगका अन्तिम सम्राट जोकोभिचको
मेसीको सम्मानमा एक मिनेट खेल
युरोपेली फुटबल : पिएसजी र
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि
विपत्तिमा बालबालिकाको शिक्षा र सुरक्षालाई
एसियाड तयारीका लागि पौडेल र