काठमाडाैं । देशकै प्रमुख र पुरानो व्यापारिक केन्द्र हो काठमाडौँको असन र इन्द्रचोक क्षेत्र । लिच्छविकालदेखि नै व्यापारका लागि चर्चित असन इन्द्रचोक क्षेत्र मल्लकालसम्म आइपुग्दा दक्षिणमा भारत र उत्तरमा तिब्बतसँगको मुख्य व्यापारिक केन्द्र रूप स्थापित भएको थियो । दिनको समयमा जति गुल्जार बन्छ असन इन्द्रचोक क्षेत्र बिहान र साँझको समयमा पनि त्यस्तै रहने गर्दछ ।
असनदेखि इन्द्रचोकसम्मको करिब दुई सय मिटरको दूरीमा विभिन्न भाँडाकुँडा, लत्ताकपडा लगायत नुन देखि सुन सम्म पाइने गर्दछ । त्यसैले त यो क्षेत्र विभिन्न चाडपर्वमा किनमेल गर्न आउनेहरूको निकै बाक्लो भीड लाग्ने गर्दछ । बिहानको समयमा भने अधिकांश हरिया सागसब्जी, विभिन्न तरकारी, फलफूल लगायत ताततातो सेल रोटी सम्म किन्न र खाना पाइन्छ ।
बिहानी समयको व्यापारलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले समयसीमा निर्धारण गरेको छ । लामो समय देखि इन्द्रचोक क्षेत्रमा बिहानको समयमा तरकारी बिक्री गर्दै आएका श्रीराम रायमाझीका अनुसार एक वर्ष अगाडी सम्म ९ बजे सम्म व्यापार गर्न पाइन्थ्यो पनि अहिले भने समय घटाएर ८ बजे सम्म मात्र व्यापार गर्न पाइने नियम लागू भएको बताए ।
जाडोयाम सुरु भएको छ, मानिसहरू ७ देखि ७:३० तिर मात्र किनमेल गर्न आउँछन्, र ८ बजे त पसल उठाई सक्नु पर्छ, जसले गर्दा राम्रोसँग व्यापार गर्न नपाएको उनको भनाई छ । काठमाडौँमा सहरीकरणसँगै विभिन्न सपिङ मल र व्यापारिक कम्प्लेक्स थपिएका छन् तर पनि असन इन्द्रचोक क्षेत्रमा भने यसको खासै प्रभाव देखिँदैन, यस क्षेत्रमा बिहान देखि साँझसम्मै ग्राहकको भिड लाग्ने गर्दछ ।
असन इन्द्रचोक बजारमा आमग्राहकले खोजेको सामान सहजै पाइने हुनाले पनि यो सधैं गुल्जार हुने गरेको छ । अधिकांस व्यापारिक अनुसार बिहानको व्यापार गर्ने समय केही थप गरिदिए बिक्रीका लागि ल्याइएको सामग्री फिर्ता लाग्न नपर्ने थियो । अहिले व्यापारको समय ८ बजे सम्म निर्धारण गरिए पनि ७:४५ देखि नै नगरप्रहरी पसल उठाउन सिट्टी बजाउँदै आउने व्यापारीहरूले बताए ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।














बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच