दोलखा । दोलखा जिल्लाको बैतेश्वर गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमार्फत पाठेघर खस्ने स्वास्थ्य समस्या पहिचान भएका नौजना महिलामध्ये पाँचनाको काठमाडौँस्थित प्रसूति गृह, थापाथलीमा शल्यक्रिया तथा थप उपचार भइरहेको छ । बाँकी चारजनाको उपचार मंसिरको अन्त्यसम्म सम्पन्न गर्ने तयारी भएको आयोजकहरूले जानकारी दिएका छन् ।
समुद्र नेपालको आर्थिक सहयोग तथा बैतेश्वर अस्पतालको आयोजनामा सम्पन्न उक्त स्वास्थ्य शिविरमा विभिन्न स्वास्थ्य परीक्षण गरिएका थिए । शिविरमा सहभागी ज्यादै विपन्न महिलालाई थप उपचारका लागि काठमाडौं ल्याइँदा सम्पूर्ण खर्च संस्थाले व्यहोरेको हो ।
‘महिलाहरूले खुलेर व्यक्त गर्न नसक्ने समस्याको पहिचान गरी सरकारले समेत सहज रूपमा गर्न नसकिएको जटिल स्वास्थ्य समस्या समाधानका लागि दुर्गम गाउँबाट पुनःस्थापनासहित काठमाडौँ ल्याई निःशुल्क उपचार गर्नु संस्थाको महत्वपूर्ण पहल हो । यसले बैतेश्वर गाउँपालिका तथा वडा कार्यालयहरूले स्वास्थ्य योजना बनाउन सहयोग पुगेको छ’, संस्थाका महासचिव गोपालध्वज श्रेष्ठले बताउनुभयो । संस्थाका अध्यक्ष जगतबहादुर दहालका अनुसार संसारभर नै देखिने पाठेघर खस्ने समस्या समाधानका लागि संस्था बैतेश्वर गाउँपालिकासहित इच्छुक पालिकासँग सहकार्यका लागि तयार छ । कार्यक्रमको संयोजन गीतकार रमेश दहालले गर्नुभएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर