एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई त्यहाँको सर्वोच्च अदालतले राजनीतिक षड्यन्त्र (कु) गरेको अभियोगमा २७ वर्षको सजाय सुनाएको छ । ७० वर्षीय बोल्सोनारोमाथि सन् २०२२ को राष्ट्रपति चुनावमा पराजित भए पनि सत्तामा रहिरहनका लागि वर्तमान राष्ट्रपति लुला डी सिल्भाको सरकार ढाल्ने षड्यन्त्र रचेको आरोप छ ।
सुनुवाइका क्रममा बोल्सोनारोको कानुनी टोलीले अदालतको फैसलाविरुद्ध अन्तिम पुनरावेदन नगरेपछि न्यायाधीश अलेक्जान्द्रे मोराएसले २७ वर्षको सजाय लागू गर्ने आदेश दिनुभएको थियो । न्यायाधीशले बोल्सोनारोलाई हाल राजधानी ब्रासिलियाको फेडरल पुलिस हेडक्वार्टरमै राख्न आदेश दिएको छ ।
ब्राजिलका सरकारी वकिलहरूले बोल्सोनारोले चुनाव हारेपछि सत्ता जोगाउनका लागि सर्वोच्च अदालतमाथि हमला गर्ने षड्यन्त्र रचेको आरोप लगाएका थिए । त्यस्तै, उहाँमाथि राष्ट्रपति लुला डी सिल्भा र न्यायाधीश डी मोराएसको हत्याको योजना बनाएको पनि आरोप छ । साथै, सैन्य ‘कू’ मार्फत चुनाव परिणाम उल्ट्याउने प्रयास गरेको अभियोग पनि उहाँमाथि लगाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको फैसलालाई ‘विच हण्ट’ अर्थात् उहाँलाई जानबुझकर गलत तरिकाले आरोपी बनाइएको बताउनुभएको छ ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन