नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र चीनको सुचाउ महानगरबीच भगिनी सम्बन्ध स्थापना गर्न तयारी भइरहेको छ । मुख्य फोकस शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्दै दुई नगरबीच दीर्घकालीन सम्बन्ध विकास गर्नु रहेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।
नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याले यस सम्बन्धले बर्दघाट नगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार मात्र नभई अन्तर्राष्ट्रिय बजारसम्म प्रचार-प्रसारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भगिनी सम्बन्ध स्थापना प्रक्रियामा सुचाउमा रहेको प्रतिष्ठित "सुचाउ युनिभर्सिटी अफ टेक्नोलोजी"का प्रोफेसर चाङ वाई र त्यही अस्पतालमा बालरोग विशेषज्ञका रुपमा कार्यरत नेपाली चिकित्सक डा. केशव कुवरसहितको टोली सहजीकरण गर्दैछ ।
चिनियाँ प्रोफेसर चाङ वाई नेतृत्वको टोलीले बर्दघाट नगरपालिकाका स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरूको स्थलगत अवलोकन गर्दै अवस्था र सम्भाव्यताको मूल्याङ्कन गरेको छ । शिक्षा र स्वास्थ्यमा विशेष चासो दिएको टोलिले दिब्यज्योती बहुमुखी, दाउन्नेदेवी बहुमुखी क्याम्पस, चिसापानी अस्पताल र सहिद स्मृति सामुदायिक अस्पताल चौपताको अवलोकन गरेको थियो ।
अवलोकनका क्रममा प्रोफेसर चाङ वाईले बर्दघाटका शिक्षक र क्याम्पस व्यवस्थापन समिति, अस्पताल ब्यवस्थापन समितीका पदाधिकारी र सदस्यहरूसङ्ग अन्तरक्रिया समेत गर्नु भयो ।
बर्दघाट र सुचाउ बीच शिक्षा, स्वास्थ्य, उद्योग तथा व्यापार, पर्यटन, खेलकुद, संस्कृति र प्रविधि आदानप्रदानमा आधारित यस प्रकारको भगिनी सम्बन्धले दुवै नगरको दीर्घकालीन विकासमा योगदान पुग्ने विश्वास गरिएको छ। यसअघि पनि फ्रोफेसर चाङ वाईको पहलमा पोखरा महानगर र सुचाउ महानगरबीच भगिनी सम्बन्ध स्थापना भइसकेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच