झापा । नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धब थापाले निरन्तर सरिरहेको कांग्रेस केन्द्रीय समिति बैठकको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्नु भएको छ । यस्तो अवस्थामा दुईचार बैठक सर्नुलाई अन्यथा लिन नहुने उहाँले बताउनुभएको हो ।
शुक्रबार बिहानै सामाजिक सञ्जालमा छोटो टिप्पणी गर्दै सभापति थापाले सहमति नबनी बैठक बस्नुभन्दा बैठकको मिति सारेर भएपनि सर्वसम्मत निर्णय गर्नु पार्टी हितमा हुने स्पष्ट पार्नु भएको छ । सभापति थापाले लेख्नु भएको छ, ‘सहमति नबनी बैठक गरेर पार्टीलाई दुर्घटनामा लैजानुभन्दा दुईचार बैठक सारेर भए पनि सर्वसम्मत निर्णय गर्नु पार्टीको हितमा हुन्छ।’
असोज २८ गते सुरु भएर दर्जनौंपटक बैठक सरेको र पार्टी ठोस निर्णयना नपुगेको गुनासो पार्टी पंक्तिमा चुलिएपछि सभापति थापाले यस्तो टिप्पणी गर्नु भएको हो । पार्टीको १४ औँ महाधिवेशनमा गुरुराज घिमिरेलाई झिनो मतले पराजित गरेर थापा कोशी प्रदेश सभापति बन्नुभएको हो । नेता घिमिरे अहिले विशेष महाधिवेशन हुनु पर्ने मागसहितको अभियानको नेतृत्व गरिरहनु भएको छ ।
घिमिरेकै अगुवाइमा असोज २९ गते देशभरबाट संकलन भएको विशेष महाधिवेशन पक्षधरको हस्ताक्षर पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको सर्वविदितै छ । अहिले पनि घिमिरे विशेष महाधिवेशन पक्षधरको निरन्तर अगुवाइ गरिरहनु भएको छ ।
बिहीबार राति अबेर पार्टीको जारी केन्द्रीय समिति बैठक सरेको सूचना पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरे लगत्तै पार्टीका कार्यबाहक सभापति खड्काले सर्वसम्मत निर्णय हुने परिस्थिति नबनेसम्म केन्द्रीय समिति बैठक सारिरहने आसयको अभिव्यक्ति दिए दिनुभएको थियोे । सोही मतसँग मिल्दोजुल्दो अभिव्यक्ति कोशी प्रदेश सभापति थापाको बाहिरिएको हो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच