उहिल्यैको कुरा हो हककुडी खोलाको सिमलगैरी भन्ने खेतको पारिपट्टि भुत्याहा बिरौटा भन्ने अर्को खेत थियो । त्यो खेत घागा जान्ने मगर बुढाले भूतसँग ज्ञान गुठी बुटी गरेर भूतको सहायताले एक रातमै बनाउन लगाएकाले त्यस खेतको नामै भूतले बनाइदिएको भएर भुत्याहा बिरौटो भनेको भन्थे । नाम बिरौटो भए पनि दक्षिण फर्केको मुहडा भएको होचा आली ठूल्ठूला गरा भएको खेत एकलप्टि कुलो लाग्ने खोलो पहिरो केही नलाग्ने चिसो पुरानो पानी लाग्ने हुनाले झरिलो सरी चामल बस्ने पोटिला मन्सरा धान फल्ने गथ्र्यो ।
हरेक साल घागाले त्यो खेत भूतबाट रोपाउने भाते रोपाइँका लागि भककाडा त्यही अघिल्लो दिन बेलुकी बासेको भाले लगेर ‘लौ भोलि मेरो खेतको रोपाइँ छ चार पाथी पाक्ने खड्कुलो, चार कडे ताउलो, दुई पाथी पाक्ने अर्को सानो ताउलो, एक-एकवटा डाडु पुन्यु र एउटा पाथी पाक्ने कराही दिनुपर्छ । म भोलि छक्कलीमा लिन आउँछु’ भनेर समखान पुर्याएर कुखुरा मन्साएर भुत्याहा रहनिर अँधेरी खोलामा छाडिदिने फर्केर नहेरी खुरुखुरु घर आउँने गर्थे । भोलिपल्ट घरबाट चामल, दाल, तरकारी, नुन, भुटुन, मरमसला र भात खाने खाजा खाने टपरी लिएर जाने गर्थे ।
साँझ परिसकेकोले बुढा भूतलाई बिदा गरेर घरतिर उकालो लाग्ने बाटाको ठूलो चिलाउनेको रुखमुनि पुग्दा त बाटोमै बुहारी पसारो परेर लडिरहेकी देखे । अनि सम्झे बारम्बार ‘हामीले त्यो रोपाइँ हेर्न हुन्न’ भनेर सोधेको सोधेई गर्थी आज घर नगएर यही चिलाउनेको रूखमा लुकेर बसिछ क्यारे भूतले खाजा खाने बेलामा थाहा पाइहाले भूतको मुखमा परी भनेर रूखतिर फर्केर हेरे ।
गाउँले अरू कोही पनि भूतले मुटु खान्छ भनेर जान मान्दैनथे जाँदैनथे । जान्ने बुढाका घरकै २ जनाले घरमा खाजा पकाई तुल्याई बनाई थुन्सेमा राखेर लगिदिने र घाम डाँडामा बस्नुअघि नै खोलाको किनारको भूते पाटीमा पुर्याएर त्यहीँ राखिदिएर पछि फर्केर नहेरीकनै घर फर्कनु पथ्र्यो ।
यही रीतले वर्षौंदेखि घागा झाँक्रीबाको खेती रोपिने गथ्र्यो । घागा बुढाले आफैँ भूतेपाटीबाट खाजा लगेर खेत छेउको सिमलको रुखमुनि राखिदिन्थे । भूतहरू आफैँ बाँडीचुँडी खाने गर्थे । जैले पनि भाँडा माझेर रहको छेउमा सफा चोखा भाँडा राखिदिएर फेरि भूतलाई पुकार्न पात गरेर जान्ने बुढा घर फर्कन्थे । धेरै वर्षदेखि यसरी नै रोपाइँ गरिआएका थिए तर पाँच सालअघि के भयो ? कसो भयो कुन्नि ? भाँडामा जुठो निख्रिएनछ । त्यसैले जुठो भएको ताउलो बाहिरै त्यत्तिकै मिल्किरहेको रहेछ । त्यस सालबाट घागाले जति पुकारा गरे पनि भाले छोडे पनि समखान बिग्रिनाले भूतले भाँडा दिन छोड्यो ।
जान्ने बुढाले त्यो ताउलो सफा गरेर पुकार्न पात गरे एकलै अँधेरी खोलामा कराए । त्यहीँ छाडेर आए र भोलिपल्ट जाँदा ताउलो जहाँको त्यही तर त्यसपछि फेरि भाँडा पाएनन् । त्यो ताउलो घरमै ल्याएर बाहिर पिँढीको कोठामा राखे । भूतहरू आउने खेतमा काम गर्ने अघिअघि झैँ झल्याकझुलुक नदेखिने गर्न थाले । खाजा टपरीमा राखिदिएको खाए पनि स्वरूप देखिन भने छाडेका थिए । बुढाको शक्ति पनि कमजोर हँुदैथ्यो । सायद समखान पहिले झैँ घागाले नपुर्याएरै होला ।
सदा झैँ धागा बुढाले भुत्याहा पाटीबाट खाजा ल्याएर सिमलको फेदमा राखिदिए । भूतले खाजा खाँदाखाँदै भने ‘मनुवा हामीलाई खाजा थपिदेऊ’ बाँकी खाजा नै छैन म के थपिदिऊँ ?’ भूतले भने ‘छ’ कहाँ छ ? ‘पख म हेर्छु भनेर यताउता सबैतिर हेरे कहिँ केही कोही देखेनन् किनकि भूतको आशय उनले राम्रैसँग बुझेका थिए । मान्छे मागे भन्ने कुरा मनमनै सोचे तब को आयो होला त यहाँ भूतले खाजा खाने बेलामा काल खोज्दै । हाम्री बुहारी अघि नै खाजा ल्याइदिएर ठाडै खुट्टा फर्किहाली ऊ कहिल्यै अलमलिँदै अल्मलिँन्न ।
ऊ यतिखेर अघि नै घर पुगिसकी । फसाद प¥यो खाजा खोजेर थपेर खाऊ नभनौँ भाँडा झैँ अर्को वर्षबाट यी पनि आउन्नन् खाऊ भनौँ कुन चाहिँ पो भूतको मुखमा पर्ने हो । जान्ने बुढा छट्पटिएर एक छिन टोलाएथे । भूतले भने दिने भए देऊ नदिए हामी नै हात हालेर खान्छौँ । अत्यासमा परेर बुढाले भने ल ल खाऊ त नि भने । एकैछिनमा सबै भूतका टपरीमा रगतै रगत देखियो । बुढा असमन्जसमा परे पक्कै कोही मान्छेलाई यिनले खाए ।
साँझ परिसकेकोले बुढा भूतलाई बिदा गरेर घरतिर उकालो लाग्ने बाटाको ठूलो चिलाउनेको रुखमुनि पुग्दा त बाटोमै बुहारी पसारो परेर लडिरहेकी देखे । अनि सम्झे बारम्बार ‘हामीले त्यो रोपाइँ हेर्न हुन्न’ भनेर सोधेको सोधेई गर्थी आज घर नगएर यही चिलाउनेको रुखमा लुकेर बसिछ क्यारे भूतले खाजा खाने बेलामा थाहा पाइहाले भूतको मुखमा परी भनेर रुखतिर फर्केर हेर्छन् त हाँगै लछारेर भूइँमा पछारिन आइपुगेकी रहिछे भन्ने कुरा जान्ने बाले बुझिहाले । त्यसपछि परतिर बनेलीको गोठ बस्ने गोठालाहरूलाई बोलाएर गाउँमा खबर गर्न पठाए ।
गाउँलेहरू आएर हेरे फूल फूलेको चिलाउनेको स्याउला बाख्रालाई घाँस काट्न रूखमा चढेकी हँुदि हो लडेर एक्कै खेप भइछे । छोटो दिनकी रहिछे गई । यस्तै कुराकानी गाउलेहरूले गरे र लाश चलाई घाटमा लगेर जलाएर मलामी फर्के । जान्ने बुढालाई घर लिएर गए । बुढालाई उनको घर पु¥याएर एक–दुईजना कुरुवा बसेर अरू फर्के । घर फर्कँदा बाटोमा मलामी भन्दै थिए यो हेर्ने र छेर्नेको पनि भर हुँदैन रहेछ । आले माइलाले भने डाँडाघरे घागा बुढो आफैँ जान्ने छ, बुहारी रुखबाट लडेर मरी । एउटा भएको छोरो लडाइँमा छ भन्ट्याङ र भुन्टुङ नातिनातिना छन् । बुढी आधा सन्चो आधा बिसन्चोकी छ । दुःख पायो जान्ने बुढाले ।
त्यही एउटा खेत पनि कुन दिन भूतले भाँडा नदिए झैँ भूतहरू आउँदैनन् अनि कसरी रोपेर खाने ? होइन माइलाबा मलाई त बुहारी पनि भूतले नै खाएको हो कि जस्तो लाग्यो नत्र त्यत्रो मूलबाटोमा किन कुनै गोठाला र बाटो हिँड्नेले देखेनन् त नि ? हो है आले हो लुकेर भूतले खेत रोपेको हेर्न बसिछ क्यारे भूतैले खाइदियो ज्ञामी साइलाले भने । अनि एकै स्वरमा सबैले भने होला होला नत्र के त नि रुखबाट लडेको घाउचोटै छैन जिउ भने पूरै नीलो छ रगतै छैन । भूतले रगत चुसेर होला जेठा हगि ? भन्दै गरन्जा बुढाले खुइया गरे ।
यस्तै बाटोभरि बात मार्दैमार्दै सबै घर घर पुगे । हो कान्छाबा पक्कै हो । भूतले खाजा खाने बेलामा पो परिछ बरा भुन्टी भन्दै मुखिया बा गरालो तान्दै तगाराबाट घरको आँगन छिरे । ल बा हामी नि गयौँ भन्दै सबै उकालो लागे । ल ल जाओ बरु ए केटा हो रात पनि धेरै गइसक्यो गल्लीमा चितुवाले चिथर्ला नि होस् गरी जाओ । यस्तै यस्तै त छ हाम्रो नेपाली गाउँघर रस्तिबस्ती ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच