अहिलेको साहित्यिक सन्दर्भ निकै जटिल र अप्ठ्येरो अवस्थामा छ । छैन भन्दा छ, छ भन्दा के छ को अन्तरद्वन्द्वमा साहित्यिक क्षेत्रहरू असरल्ल भएर छरिएका छन् । लेख्नै नजानी साहित्यिक नायक/नायिका बन्नेको सङ्ख्याले चुचुरो छोएको छ । दौरा सिएपछि फेर काटेर लगाउनेको सङ्ख्याले शिखर छोएको छ । केही नजानी आफू सबैभन्दा जान्ने भएको गर्वमा फुलेका जमातले जमिन ढाकेको छ ।
विधामा अक्षर झिकेर वा शब्द हटाएर पुरेत बन्ने प्रविधाका ठेकेदारहरूले छिमेकी मित्रराष्ट्र भारतसम्म पुगेर त्यहाँका पनि त्यस्तै जमातको भिडमा चिच्याएर शून्यमा भवसागर भएको देखाउन केही समय सक्ने जमातको गर्जनले अग्र रूप लिएको अवस्था छ । यति भएर पनि यो जमात अर्कातिर लागी पथभ्रष्ट भई आत्महत्यातिर लागेको वा लाग्न चाहेको अवस्था हुनुभन्दा चाहिँ वा खराब कर्मको बाटोमा लामबद्ध हुनुभन्दा चाहिँ यसैमा हल्ला गरेर सुखी सन्तुष्ट रहनु राम्रो हो ।
साहित्यिक संस्थामा आबद्धता धेरैतिर रहेको देखिन्छ । सम्पादन क्षेत्रप्रतिको हुट्हुटी पनि छ । साहित्यिक पत्रकार जगत्लाई छुपेरुस्तम किसिमले आजीवन सदस्य बन्ने रहर सामु राखेर भए पनि धेरैमा यिनको सहयोग यिनी त भन्दैनन् तर थुप्रैतिर हस्तान्तरण गरेका छन् । अर्धबहुआयामिक व्यक्तित्वको विकास यिनमा सजिलै देख्न सकिन्छ ।
साहित्यिक उचाइगत आकारका कारका हिसाबले चाहिँ यो बिल्कुल अस्वस्थ्यकर छ, नकारात्मक छ । अध्ययन र लेखनको लक्ष्य, सङ्कल्प र निरन्तरको समर्पणविना साहित्यकार नबनिने कुरा त निर्वाध सत्य थियो, छ र रहने पनि छ । यसलाई नकार्नु यस क्षेत्रमा प्रवेश नहुनु बराबर हो । इतिहासमा बलजफ्ती नाम झुण्ड्याउनुको कुनै अर्थ छैन । नाम साहित्य होइन । साहित्य चाहिँ नाम हो । विनासाहित्यका नामका असङ्ख्य भीडभित्र साहित्य चाहिँ नाम बनेकाहरू छुपेरुस्तम भएर बसेका खण्डमा उनीहरू समेत नाम मात्रका साहित्यकारमा सीमित हुन पुग्छन् । म यो प्रसङ्ग साहित्यकार गायत्रीकुमार चापागार्इंलाई प्रासङ्गिक बनाएर ल्याइरहेको छु ।
साना ठेसले चसक्क छुने, अलिकति प्रशंसित वाक्यले गजक्क मन फुल्ने तर निरन्तर साहित्यसाधनाका चासोमा कान ठाडा बनाएर पनि चर्चाका किनाराबाट अलग एक छुपेरुस्तम साहित्यकारको नाम हो गायत्रीकुमार चापागाईं । खुलेर सङ्घर्षमा उत्रिँदै साहित्यिक नवधार निर्माणक क्षमताको अभाव बोकेको असल साहित्यिक व्यक्तित्वको अर्को नाम हो गायत्रीकुमार चापागाईं।
सङ्घर्षको झिल्को निकालेर समाजसामु आफैँ ननिस्किकन कसैले को कहाँ छ भनेर खोज्ने जमाना अहिले होइन । कुनै जमाना यस्तो थियो जहाँ पाण्डुलिपि लुकाएका ठाउँ गोप्य सूत्रबाट पत्ता लगाई त्यस ठाउँबाट समेत थुतेर ल्याई पाण्डुलिपिमै मदन पुरस्कार निर्णय गरेर पछि कृति छापिन्थे । त्यस अभावका बेलामा अलिकति राम्रो गर्ने मान्छे ह्वात्तै प्रकाशमा आउँथ्यो । अहिले ठिक उल्टो छ । पुरस्कारदाता कहाँ स्रष्टा चाकडीका लाममा उत्रिन्छन् । जसले चाप्लुसीमा मजाले चिल्लो घस्न सक्छ लाममध्येको त्यसले सम्मान/पुरस्कार पाउनु सामान्य भइसक्यो । अर्को महत्वपूर्ण कुरा त के छ भने जो ठूलो स्वरले चाकडी चाप्लुसीका विरुद्धमा ओठको गर्जन छाड्छ ऊ नै सबभन्दा बढी भित्री रूपमा चाकडी चाप्लुसीका जमातको नेतृत्व गरिरहेको कमैलाई मात्र थाहा छ ।
यस्ता सम्मान÷पुरस्कारले सम्मानित/पुरस्कृत हुने व्यक्तिहरू भोलिपल्टदेखि धेरैजसो इतिहासमा मात्र सीमित रहेका पनि हामी पाउन सक्छौँ । यो एउटा असल साहित्यकारले झुक्किएर पनि हिँड्नै नहुने गलत बाटो हो । यसो भन्दैमा मलाई खोज्न आऊन्को अतिरञ्जित अहं पालेर कोठाभित्र गुम्सिनु पनि स्रष्टाको डरलाग्दो त्रुटि हो । हलचल त एक पटक मच्चाउनै पर्छ बाहिरी परिचयका लागि । विनाहल्चल साधनामा समाहित कम व्यक्तिमध्ये एक हुन् गायत्रीकुमार चापागाईं ।
हलचल मच्चाएर बाहिर निस्कन त केही विश्वजगत्कै नयाँपन अवश्य चाहिन्छ । तिनै परम्परागत धारका अन्धभक्त भएर चाहिँ जतिसुकै बाहिर आउन खोजे पनि नसक्नेको जमात नेपाली साहित्य फाँटमा हिजो थियो, आज छ, भोलि पनि रहिरहने छ । धर्मका पर्खालमा धक्का दिन सक्नु प¥यो, राजनीतिका गिद्धे डिलहरू भत्काउन सक्नु प¥यो । देशका सीमारेखा मेट्न सक्नुपर्यो । हिम्मतका साथ बाहिर निस्केर गाली गर्न सक्नुप¥यो । गरेका गाली सहज पचाउने क्षमताको विकास अहिलेको अनिवार्य बाध्यता हो । यसमा अवश्य पनि गायत्रीको मनोबल दुर्बल छ । उकास्नु समयको आवश्यकता हो । अर्कोले छेस्कोले घोच्छ भने खन्तीले हान्ने हिम्मत र हाँक अहिलेको अपरिहार्यता छ । नत्र जम्मै कुरामा गायत्री सकारात्मक र सहयोगी छन् ।
साहित्यिक संस्थामा आबद्धता धेरैतिर रहेको देखिन्छ । सम्पादन क्षेत्रप्रतिको हुट्हुटी पनि छ । साहित्यिक पत्रकार जगत्लाई छुपेरुस्तम किसिमले आजीवन सदस्य बन्ने रहर सामु राखेर भए पनि धेरैमा यिनको सहयोग यिनी त भन्दैनन् तर थुप्रैतिर हस्तान्तरण गरेका छन् । अर्धबहुआयामिक व्यक्तित्वको विकास यिनमा सजिलै देख्न सकिन्छ । कथामा बाहेक प्रविधातिर ओर्लेका यिनी देखिन्नन् । विधा अन्तरगत पनि गद्यकविता लेखन यिनको छँदैछैन, छ भने र भए पनि कम हुनसक्छ । पद्यकविता लेखनका क्षेत्रमा यिनी आधिकारिक रूपमै सिद्धहस्त छन् । धेरैभन्दा धेरै छन्दलाई यिनले आफ्ना काबुमा राखेका पाइन्छन् । तीन कविता सङ्ग्रह प्रकाशित गरेर यिनले यसलाई प्रमाणित गरिसकेको अवस्था हाम्रा सामु छँदैछ ।
वयका हिसाबले हेर्दा अहिलेसम्म एघारवटा कृतिमात्र प्रकाशित हुनु चाहिँ लेखनमा निरन्तर विश्वस्त भएर लागी नपरेको हो भन्न सकिन्छ । आख्यानका क्षेत्रमा दुई कथासङ्ग्रह र तीन वटा लघुकथा सङ्ग्रह प्रकाशित भएर यस अन्तरगतको प्रविधामा कलम बढी चलेको हामी देख्न सक्छौँ । आख्यानात्मक सङ्केत तर गैरआख्यान अर्थात् मिश्रित रूप निबन्धसङ्ग्रहका पनि तीन कृति प्रकाशित हुनुले यिनलाई अर्धबहुआयामिक साहित्यकार भन्न म रुचाउँछु । गद्यकविता नलेखिनु वा कम लेखिनु, लघुकथा बाहेकका सठ्चालीसवटा प्रविधामा चाहिँ कलमै नचल्नुले यिनलाई पूर्ण बहुआयामिक भन्न सकिन्न । आख्यान अन्तरगतको कथा जगजीवनलाई एक अर्कामा नजिकबाट मिलाएर लैजान सकिने लेखन विधा हो लगभग नाटकको नजिक । लघुकथा सङ्केतमा समग्र, स्पष्ट बुझिने गरी सम्प्रेषण गरिने छरितोछोटो एकाङ्की जस्तो, कविताअन्तर्गतको मुक्तक जस्तो प्रविधा हो । यिनमा सफलतापूर्वक हात बसाएको पाइन्छ गायत्रीकुमार चापागाईंले ।
कविता अझ गद्यकविताको उत्कृष्ट लेखन गर्दागर्दै त्यसबाट थाकेर असमञ्जस अवस्था सिर्जना भएका बेला, गद्यकविताका अन्तर साङ्गीतिक चेतचमकबाट थाक्न खोजेको स्रष्टा मानसिकताका लागि उन्मुक्त कल्पनात्मक गति उडानको व्यायामशाला हो निबन्ध लेखन । सच्चा र अत्युच्च निबन्ध लेखन । गायत्रीको नैबान्धिक लेखन उच्चउदात्त कल्पनात्मक उडानको अलकापुरसम्म त पुगिसकेको छैन, प्रयासरत रहेको कुराका प्रमाण हामी उनका तीनवटा प्रकाशित यात्रासंस्मरणात्मक समेत निबन्ध सङ्ग्रहबाट पाउन सक्छौँ । तैपनि गायत्रीकुमार चापागाई नेपाली साहित्यका कुनै पनि फाँटमा झ्वाट्ट सम्झने नाम नबनी राखेको देख्दा म केही अचम्मित त छँदैछु तर यसका बलवान कारकका रूपमा गायत्री आफैं पनि जिम्मेवार छन् भन्ने ठहरमा पुगेको छु ।
शिक्षणमा पेशा भएर पनि सरकारी स्कुलमा सरकारी कर्मचारीकै लोसे मानसिकता विकसित हुनु गायत्रीको परम्परागत धर्म हो । यसले पनि विद्रोहको बिस्कुन सुकाएर उनलाई बाहिर निस्कन साथ दिएन । सनातनी हिन्दु धर्मकै कर्मकाण्डीय संस्कारलाई हुबहु जीवन गति नबनाए पनि त्यसप्रतिको विद्रोहात्मक ज्वाला जो नवसंस्कार स्थापनार्थ सहज हुन्छ ।
वामविचारवाहक भएर पनि परम्परित अन्धआस्थाका तार लेखनमा टुट्न नसकेपछि नयाँ विषयवस्तुको आविर्भाव असम्भव हुन्छ । विषयगत नयाँपनविना पाठकले झ्वाट्ट सम्झिने कसरी ? तिनै परम्परा, तिनै विधि, तिनै नियम, तिनै विधानका बन्धनभित्रबाट चलाइएका कलम त लगभग साझा जस्तै हुन्छन् । लथालिङ्ग साझाका समूहभित्रबाट व्यक्ति पहिचान असम्भव हुन्छ । यही असम्भवको पगरी गुथेर लामो समयसम्म पनि विनाभाइरल लेखनमा रहेका अनेकौँ साहित्यकारको जमातका एक हुन् साहित्यकार गायत्रीकुमार चापागाईं ।
देशप्रेमी स्रष्टा समाजका आँखामा अमीट रूपले देखिन निकै गाह्रो पर्दछ । कारण राज्यव्यवस्था विभाजनदेखि नै हरेक स्रष्टाले यही धुन सुसेलेका छन् । साहित्यको सालाखाला सुरु बिन्दु यसै जगमा उभिएको छ । कि निकै चामत्कारिक ढङ्गले उम्दो भएर देखिन सक्नुपर्यो खरायाका झैँ । जस्तो मुकुन्दशरण उपाध्याय एउटै प्राकृत पोखरामा-जम्मै शोभा नवयुवतिका मन्दमुस्कानमा छ’ जसरी ।
शिक्षणमा पेशा भएर पनि सरकारी स्कुलमा सरकारी कर्मचारीकै लोसे मानसिकता विकसित हुनु गायत्रीको परम्परागत धर्म हो । यसले पनि विद्रोहको बिस्कुन सुकाएर उनलाई बाहिर निस्कन साथ दिएन । सनातनी हिन्दु धर्मकै कर्मकाण्डीय संस्कारलाई हुबहु जीवनगति नबनाए पनि त्यसप्रतिको विद्रोहात्मक ज्वाला जो नवसंस्कार स्थापनार्थ सहज हुन्छ बल्न नसक्नु उनै परम्परागत लोसे संस्कारका उपज हुन पुग्दछन् । स्रष्टा गायत्रीकुमार चापागाई पनि यस रोगबाट मुक्त छु भनेर पनि छैनन् । स्वभावका हिसाबले आँखामा राखे पनि नबिझाउँने रातीगेडी जस्तो हुँदा अर्को नकारात्मक पक्ष हो यस सन्दर्भमा । मान्छे सबै असल हुँदैनन् । सबैमा असल हुनखोज्नु नै आफूमा खराबी हुनु हो, होइन र ?
पद्यकविता लेखन उनको स्रष्टत्वको पहिलो पहिचान हो भने दोस्रो सशक्त उपलब्धिका रूपमा यात्रासंस्मरणात्मक निबन्ध देखा पर्दछन् । तेस्रो कथालेखन उनको शक्ति हो भने चौथो वा अन्तिम हतियारका रूपमा लघुकथाहरू आउँछन् । यी जम्मैमा गायत्रीकुमार चापागाई सफल देखिनुको मूल कारण यिनमा कल्पनात्मक उडान कम र नयाँ सत्तास्थापनसम्बन्धी चासोको चाहना चाहिन्न । नियमभित्र रहेर समाज र प्रकृतिलाई मिसाएमात्र पनि कृतिहरू सहज तयार हुन्छन् । यसर्थ सरल भाषा संवाहक साहित्यकार हुन् गायत्रीकुमार चापागाईं ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच