थुप्रै वर्ष भयो, ‘काठमाडौं पोस्ट’ पढ्दै थिएँ । अन्तिम पृष्ठमा होला, एक जना विद्वानसँगको संवाद छापिएको रहेछ, शायद प्राज्ञिक कर्म र यस्तै सोफेरोमा थियो क्यारे !
एउटा प्रश्न निकै छोटो थियो-ह्वाट इज योर पास टाइम ?
जबाफ त्यस्तै छोटो-माई पास टाइम इज बुक ।
जबाफ पढेपछि मात्रै प्रश्नको अर्थ थाहा भयो ।
तैपनि घर पुगेपछि उसले डिक्सन्री हेर्यो । जबाफ पढेर थाहा पाएअनुसारकै अर्थ फेला पर्यो ।
उसले त्यही प्रश्न आफूलाई सोध्यो-ह्वाट इज माई पास टाइम ?
जबाफ मिल्दोजुल्दो आयो तर ठ्याक्कै मिल्ने चाहिँ भएन ।
त्यसपछि भने उसले पास टाइम बुक (किताब) नै बनायो अनि त्यही सोच्यो, व्यवहारमा उतार्ने प्रयास ग¥यो । अहिले ढुक्कले ‘माई पास टाइम इज बुक’ भन्न सक्ने भएको छ ।
एसलएलसी उत्तीर्ण भएपछि ऊ विज्ञानको विद्यार्थी भएर कलेज भर्ना भयो । त्यहाँ पनि उसले साहित्य पठनमा मन दियो । त्यही समयमा हो उसले मदनमणि दीक्षितकृत ‘माधवी’ अनि ध्रुवचन्द्र गौतमकृत ‘अलिखित’ र ‘कट्टेल सरको चोटपटक’ पढेको । खप्तडबाको ‘विचार विज्ञान’ पनि त्यसै बेला पढ्न पायो । तपाईंले कति वटा किताब लेख्नुभयो ?
केही वर्षअघिको कुरा, निकट आफन्तलाई डाक्टरकहाँ लैजानु थियो । डाक्टर थिए निकै प्रसिद्ध, खुब नाम चलेका । उनलाई भेट्न–देखाउन केही दिनको पालो कुर्नुपथ्र्यो । नाम लेखाएको तेस्रो दिन पालो पाइने भयो, बिहान साढे दश बजे ।
दश बजे नै अस्पताल पुगेर ऊ पालोमा बस्यो र साथमा लगेको कथासंग्रह ‘लाटो पहाड’ पल्टायो । साढे दश, एघार, बाह्र हुँदै चार बज्यो, डाक्टर आएनन् । त्यतिन्जेलमा उसले ‘लाटो पहाड’ को अन्तिम कथा ‘लाटो पहाड’ बाहेक सबै पढेर सक्यो ।
बलियो कथानकमा उपेन्द्र सुब्बाको मौलिकता ! कति हाँस्नु ! अस्पताल परिसरको पट्यारलाग्दो पर्खाइ पनि एक्लै हाँसेर बित्यो, एकदुई घण्टा हो र, छ घण्टा !
चार बजेपछि सूचना आयो- आज डाक्टर आउनुहुन्न, भोलि साढे दश बजे आउनू !
भोलि पनि के थाहा कति घण्टा कुर्नुपर्ने हो ! उसले ‘लाटो पहाड’ सँगै अर्को एउटा पनि पनि बोक्यो । साढे दश बज्यो, एघार बज्यो, बाह्र बज्न लाग्दा डाक्टर देखिए । त्यतिन्जेलमा हिजो बाँकी रहेको सकिएर अर्को किताबको पाँचसात पृष्ठ पढिसकियो । बल्ल पालो आयो ।
उसले त्यसै दिन थाहा पायो ‘पास टाइम’ बुक हुनुको महत्त्व । त्यसपछि उसले निरन्तर त्यही गरेको छ । फुर्सद पाएको होस् वा कतै पर्खिनु परेको होस्, समय बिताउने साथी किताबलाई नै बनाउने गरेको छ ।
एक समय उसले करिब सात वर्ष निरन्तररूपमा ‘श्रीमद्भगद्गीता’ पढ्यो; आदि शंकराचार्यले गरेको भाष्यदेखि स्वामी चिन्मयानन्द (अंग्रेजी भाषा) र स्वामी तेजोमयानन्दले गरेको अनुवाद (हिन्दी भाषा हुँदै गोविन्द टण्डनले गरेको नेपाली अनुवादसम्म ।
त्यो समय उसको पास टाइम श्रीमद्भगवद्गीता नै थियो, करिब सात वर्ष ।
अलिक पुरानो कुरा, ऊ नौ कक्षामा पढ्थ्यो । शिक्षा दिवसका अवसरमा फागुन १२ गते स्कुलमा कथा प्रतियोगिता भएको थियो । प्रतियोगीले घरमै कथा लेखेर कार्यक्रममा पढ्नुपर्ने थियो । ऊ दोस्रो भयो, पुरस्कारमा तीन वटा किताब पायो । त्यसमा गुरुप्रसाद मैनालीकृत ‘नासो’ पनि थियो ।
त्यही शैक्षिक वर्षको भदौ चार गते बाल दिवसका अवसरमा निबन्ध प्रतियोगिता भएको थियो । त्यसमा पनि ऊ दोस्रो भयो र पुरस्कारमा ‘लक्ष्मी निबन्ध संग्रह’ सहित तीन वटा किताब पायो ।
त्यही दुई किताबले हो उसलाई साहित्य पठनमा रुचि जगाइदिएको ।
एसलएलसी उत्तीर्ण भएपछि ऊ विज्ञानको विद्यार्थी भएर कलेज भर्ना भयो । त्यहाँ पनि उसले साहित्य पठनमा मन दियो । त्यही समयमा हो उसले मदनमणि दीक्षितकृत ‘माधवी’ अनि ध्रुवचन्द्र गौतमकृत ‘अलिखित’ र ‘कट्टेल सरको चोटपटक’ पढेको । खप्तडबाको ‘विचार विज्ञान’ पनि त्यसै बेला पढ्न पायो ।
चूडामणि बन्धुकृत ‘देवकोटा’ पनि त्यही बेला पढ्न पायो । लक्ष्मीप्रसाद देवकोटाका बारे त्यो अनुसन्धानमूलक कृति उसले धेरै पटक पढेन, दोहोर्यायो मात्र ।
देवकोटाका बानीव्यवहार र स्वभावसम्बन्धी रोचक तथ्यहरू पढेर ऊ उनका विषयमा ‘गफ’ दिन सक्ने भएको थियो । आज पर्यन्त उसले ‘देवकोटा’ बाटै बेलामौकामा देवकोटाबारे गफ दिने गरेको छ ।
त्यो किशोरवयमा ‘विचार विज्ञान’ ले उसको विचारमा गहिरो प्रभाव पार्यो । आजपर्यन्त ऊ बेलामौकामा ‘विचार विज्ञान’ पढ्छ, पास टाइम बनाउँछ । कसैकसैलाई उपहारमा पनि दिन्छ, पढ्न सिफारिस गर्छ ।
‘कट्टेल सरको चोटपटक’ पनि छाप बनेर बसेको थियो । पछि त्यसैको कथामा आधारित भएर ‘वासुदेव’ फिल्म बन्यो । उसले हलमै गएर हेर्यो । हलमै पनि उसले तीन पटक हेर्यो । धेरै वर्षपछि पनि उसले निकै ध्यानपूर्वक हेर्यो, निकै पटक । आज पनि उसलाई ‘वासुवेद’ मन पर्छ, औधी मन पर्छ ।
जुन कथानकमा ‘वासुदेव’ जसरी प्रस्तुत भएको छ त्यसलाई ऊ आज पनि अजोडी नेपाली फिल्म मान्छ ।
‘अलिखित’ को कथानक त उसले थाहा पायो, केही बुझेजस्तो गर्यो तर ‘माधवी’ त पढेको भन्नुमात्रै । केही वर्षपछि उसले ‘माधवी’ किन्यो र मेलोमारी पढ्यो । त्यसपछि ‘माधवी’ धेरै पटक उसको पास टाइम भएको छ, आजकाल पनि कहिलेकाहीँ हुने गरेको छ ।
थाहा छैन किन हो, उसले धेरैपटक पढेको नेपाली साहित्यिक कृति माधवी नै हो, करिब सबै संस्करण । त्यसपछि उसले धेरै पटक पढेको अर्को कृति हो ‘तीन घुम्ती’, सानो आकारको ‘तीन घुम्ती’ झण्डै कण्ठस्थ हुने गरी पढ्यो । केले तान्थ्यो र त्यसरी पढ्थ्यो, उसलाई थाहा छैन, केही वर्ष भयो नछोएको ।
थाहा छैन किन हो, उसले धेरैपटक पढेको नेपाली साहित्यिक कृति माधवी नै हो, करिब सबै संस्करण । त्यसपछि उसले धेरै पटक पढेको अर्को कृति हो ‘तीन घुम्ती’, सानो आकारको ‘तीन घुम्ती’ झण्डै कण्ठस्थ हुने गरी पढ्यो । केले तान्थ्यो र त्यसरी पढ्थ्यो, उसलाई थाहा छैन, केही वर्ष भयो नछोएको ।
ऊ धेरै पढैया मान्छे होइन । किताबकै कीरो हुने फुर्सद कहिल्यै पाएन तैपनि मिलेसम्म किताबलाई नै पास टाइम बनाउने गरेको छ, यसमा एउटा मजा छ, खास गरी कतै कुनै पर्खाइमा समय बिताउनु पर्दा । यस्तोमा उसले कहिल्यै हैरानी मान्नु परेको छैन, झोलाबाट किताब निकाल्यो, पढ्यो । केही नभए पनि पढ्ने काम त भयो ! समय बितेको पत्तै नहुने !
यस्तोमा अक्सर ऊ आफ्नो रुचिको, आफूलाई मन परेको किताब छान्छ । यसमा आख्यान नै बढी हुन्छ । अझ दोहोर्याउन मन भएको आख्यानमा समय बिताउन मजा मान्छ । यसरी नै उसले थुप्रैवटा कृति दोहो¥याएको छ, तेहर्याएको पनि छ ।
पढ्दा लेखाइमा शब्द प्रयोग र वाक्य गठनको प्रक्रिया उसको प्राथमिकतामा हुन्छ, विषयवस्तु त त्यसपछि । आजकाल ऊ वाक्यमा शब्दको अनावश्यक र अनुचित प्रयोग धेरै भेट्छ । वाक्यमा आवश्यक नै नपर्ने शब्द प्रयोग र शब्दको पुनरावृत्ति धेरै भेट्छ ।
व्याकरणको के कुरा ! पदविचलन आजको निकै ठूलो कमजोरी बनेको छ । लेखक हो, नाम चलेको छ, कुनकुन पुरस्कार पनि पाएको छ, कथानक पनि आकर्षक नै छ तर पदविचलनले वाक्य ध्वस्त छ !
पढ्नु भनेको गफ वा भाषण सुन्नुजस्तो होइन । लेख्नु भनेको गफ वा भाषण गर्नुजस्तो पनि होइन । रुचिपूर्ण लेखाइले मात्र पाठक आकर्षित गर्न सक्छ । भाषाको लालित्य सबैलाई थाहा नहोला लेखन निष्कण्टक बगेको हुनुपर्छ । तब पो हुन्छ पढ्नमा मजा ।
यति वटा लेखेँ भनेर किताबको संख्या गन्नुभन्दा उत्कृट लेखेर पो लेखक बन्नु !
अँ तपाईंले कति वटा किताब लेख्नुभयो ?






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच