कास्की । पोखरा महानगरपालिका-१९ पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव गरिएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा पर्यटन परिषद्को आयोजनामा दोस्रो संस्करणमो दाइँ महोत्सव गरिएको हो ।

कृषिमार्फत् आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न विधाका प्रतियोगिता आयोजना गरिएको छ ।

महोत्सवमा उत्कृष्ट गोरू पालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने दँदेरो प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता र गुन्द्री बुन्ने प्रतियोगितासहित दँदेरालाई टोपी वितरण र अतिथिलाई स्थानीय उपहार वितरण कार्यक्रम समावेश गरिएको छ ।

पोखरा भ्रमणमा रहेका विदेशी पर्यटकलाई दाइँ महोत्सवको अनुभव गरेका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच