निजगढ । निजगढ साहित्य-कला-संस्कृति समाज, निजगढ, बाराले कवि एलिसा ढुंगानाको कविताकृति ‘सौन्दर्यको भग्नावशेष’माथि विमर्श कार्यक्रम आयोजना गरेको छ । समाजका अध्यक्ष सुको साइबरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कवि तथा प्राज्ञ शशि लुमुम्बूले एलिसाका कविताकृतिमाथि प्रकाश पार्नुभएको थियो ।
‘एलिसाका कवितामा नारी संवेदना, प्रेम-प्रणय र सामाजिक रूपान्तरणको गहिरो आकांक्षा कलात्मक रूपमा अभिव्यक्त हुन्छन् । उहाँका कविता सरल, सम्प्रेषणीय र समय-सापेक्ष भावभूमि बोकेका प्रभावशाली छन्’, लुमुम्बूले भन्नुभयो ।
कार्यक्रममा बोल्दै सभाध्यक्ष साइबरले कृतिमा प्रस्तुत नारी संवेदना, प्रेम-प्रणय, समाज परिवर्तनका आग्रह र विद्रोही चेतनालाई उल्लेखनीय योगदानका रूपमा मूल्यांकन गर्नुभयो ।
विमर्शमा कवि तथा नेपाली लेखक संघ, बाराका अध्यक्ष सुशान्त न्यौपानेले संग्रहबाट एक कविता वाचन गर्दै आफ्नो रचनासमेत प्रस्तुत गर्नुभयो । कवि प्रकाश सुवेदी ‘बलु’ले पनि कृतिबाटै एक कविता वाचन गरी कृतिको भावभूमिबारे विचार व्यक्त गर्नुभयो ।
कवि एलिसाले आफ्नो कविता लेखनको प्रक्रिया, प्रेरणा र भाव-विश्वबारे संक्षेपमा प्रकाश पार्दै, यस्तो अर्थपूर्ण साहित्यिक कार्यक्रम निजगढमै आयोजना गरेकोमा आयोजकप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच