काठमाडौं । भारत इन्टरनेसनल ट्राभल मार्ट(आइआइटिएम) मा नेपाललाई वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यका रूपमा सम्मान गरिएको छ । नोभेम्बर २७ देखि २९ सम्म आयोजित आइआइटिएममा अवार्ड्स नाइट २०२५ मा नेपाललाई अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाल पर्यटन बोर्डतर्फबाट बोर्ड सदस्य नरेन्द्र भट्ट र वरिष्ठ अधिकृत नारायण बस्यालले ग्रहण गर्नुभएको थियो ।
अवार्ड समारोहमा आयोजित ‘डेस्टिनेसन प्रिजेन्टेसन’ सत्रमा बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले नेपालको विविध पर्यटन आकर्षण, बुद्ध सर्किट, रामायण सर्किट तथा अन्तरदेशीय इको-ट्रेलजस्ता पर्यटन उत्पादन समेटिएको श्रव्यदृश्य प्रस्तुत गर्नुभएको थियो । जसमा नेपालमा युनेस्को विश्व सम्पदा सूचीमा परेका क्षेत्र, आध्यात्मिक तीर्थाटन मार्ग, विश्वस्तरीय पदयात्रा तथा हिमाल आरोहण अवसर र रोमाञ्चक साहसिक खेलहरू आकर्षण रहेको उल्लेख थियो ।
आइआइटिएम पुणेमा नेपाल पर्यटन बोर्डको सक्रिय सहभागिताले भारतीय पर्यटन बजारसँगको सम्बन्ध अझ प्रगाढ बनाउने तथा नेपाललाई ‘अल सिजन डेस्टिनेसन’ र ‘लाइफटाइम एक्सपेरियन्स’ प्रदान गर्ने देशका रूपमा प्रवद्र्धन गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार आइआइटिएममा बोर्डले १५ प्रमुख ट्राभल व्यापार कम्पनीसँगको सहकार्यमा भारतका यात्रा व्यवसायी तथा प्रमोटरमाझ नेपालका विशिष्ट पर्यटन प्याकेज तथा आकर्षण प्रभावकारीरूपमा प्रस्तुत गरेका थिए ।
ट्राभल मार्टमा विश्वका विभिन्न मुलुकका विभिन्न ट्राभल व्यापार प्रतिनिधि तथा पर्यटन व्यवसायी र पर्यटकको सहभागिता थियो । बोर्ड तथा साझेदारहरूको सफल सहभागिताले नेपालप्रति भारतीय बजारमा उल्लेखनीय चासो र माग बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच