काठमाडाैं । करिब साढे दुई वर्षदेखि काठमाडौं महानगरपालिका-२७ अन्तर्गत बीर अस्पतालबाट जमल जाने बाटोको फुटपाथ निर्माण नहुँदा अव्यवस्थित बनेको छ ।

फुटपाथ बनाउने भन्दै सामग्रीहरू राखिएको भए पनि काम नबढ्दा पैदल यात्रुले सघन यातायातसँगै जोखिम मोलेर हिँड्न बाध्य छन् ।

स्थानीयका अनुसार फुटपाथमा थुपारिएका निर्माण सामग्री र अव्यवस्थित संरचनाका कारण सडक अझै साँघुरो बनेको छ । बीर अस्पताल आसपास दैनिक ठूलो संख्यामा पैदल यात्रु ओहोरदोहोर गर्ने हुँदा समस्या झनै बढेको छ ।

सहरी क्षेत्रमा सुरक्षित हिँडडुलका लागि फुटपाथ अनिवार्य भए पनि काठमाडौंका धेरै भागमा यस्तै अवस्थाका कारण पैदल यात्रुको सुरक्षामा निरन्तर असर परेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच