हुम्ला । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) हुम्लाले सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको छ । मङसिर २७ गते देखि २९ गतेसम्म काठमाडौंमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि ६ जना प्रतिनिधि सर्वसम्मत चयन गरिएको एमाले हुम्लाले जनाएको छ ।
खुलातर्फ एमाले हुम्लाका अध्यक्ष ज्ञामी बुमी, जिल्ला नेता लोक बहादुर हमाल, महिलातर्फ बिमला कुमारी शाही, प्रतिमा लामा, दलिततर्फ पर्वत सुनार र ४० वर्ष मुनिको युवामा जिल्ला पार्टी सचिव तीर्थराज बोहरा चयन हुनु भएको छ ।
जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाहीकाअनुसार लामो समयको छलफल पछि एकताको सन्देश दिने गरेर सबैलाई सर्वसम्मत चयन गरिएको हो । पहिलो चरणमा धेरैको दाबी रहयो, दुई जना पहिलो चरणबाटै सर्वसम्मत भइसक्नु भएको थियो । केही दिन छलफल भयो र आज अन्तमा सहमति भएर ६ जना केन्द्रीय प्रतिनिधि चयन गरिएको उपाध्यक्ष शाहीले बताउनुभयो ।
सबैभन्दा धेरैको दाबी खुला कोटामा थियो । तर पनि सबै क्षेत्रमा दाबी गर्ने नेता धेरै भएपनि अन्तमा सबैले सहमति गर्न भनेपछि सबै स्थानीय तह समेटिने गरी प्रतिनिधि चयन गरिएको हो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच