हुम्ला । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)को मङसिर २७ गते देखि २९ गतेसम्म काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनमा माथिल्लो तहका नेताबाट विभेद र गुटको खेल खेलेको आरोप अखिल नेपाल महिला संघ हुम्लाका इन्चार्ज तथा खार्पुनाथ गाउँपालिका पूर्व उपाध्यक्ष रुपा शाहीको छ । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटी र एमाले केन्द्रिय सदस्य दल रावलले जिल्ला तहमा गुटको खेले खेलेको आरोप शाहीको छ । महाधिवेश प्रतिनिधि चयनमा रावल र बोगटी पक्षका मात्रै छन् अर्का केन्द्रिय सदस्य दल फडेराको पक्षबाट कोही पनि नसमेटिएको उहाँको भनाई छ । माथिल्लो तहका नेताबाटै एक लौटी भएको छ ।
यसरी गरिएको गुटगत राजनितिले पछि समस्या पार्नेछ । प्रतिनिधि चयन सहमतीमा भएको छैन् । निर्वाचन गर्ने भनेको एक दुई जना बसेर नाम सार्वजनिक भएको छ । हाम्रो सहमती पत्रमा हस्ताक्षर छैन् । पार्टीको ११ औँ महाधिवेशनमा गुट गरेका नेतालाई चुनावमा देखाइ दिने शाहीको आर्कोश छ । अहिले महाधिवेशन प्रतिनिधिमा पन्छाइयो । चुनाव आउँदै छ त्यसमा हात बाधेर नवस्ने शाहीको भनाई छ । जिल्ला तहमा सबै मिलेर जानु पर्ने ठाउँमा गुटगत राजनितिले दुरको अवस्था हुदैँ जाने शाहीको चेतवानी छ ।
इन्जार्च शाहीले भन्नुभयो, संगठीत सदस्य नभएकाले समेत अवसर पाएका छन् । मैले बच्चा काखमा खारेर पार्टी निर्माण र पार्टी बचाउन योगदान दिएको छु । यो पटक केन्द्रिय सदस्य उठ्ने सोच बनाएकी थिए । हामी एमाले केन्द्रिय सदस्य दल फडेरका पक्षका भएकाले प्रतिनिधिमा अड्न सकेनौ । महिला भएर पार्टीमा ठूलो योगदान दिएका लाई होइन् हेप्ने प्रविधि छ । टप्प आयो टिपेर लियो टिके पर्थाबाट नेता बनाउने चलन छ । उसलाई अगाडी बढाउने प्रविधिले राम्रो हुदैन । यसरको परिणाम राम्रो हुँदैन ।
प्रतिनिधि चयनमा हाम्रो हसमती भएको छैन् । यो अवैधानीक प्रक्रियाबाट चयन भएको हो । दल रावल र गोरख बोगटीको टिके प्रथा भएको हो । एमालेमा आवद्ध हुम्लाका महिलालाई यस पार्टीमा भविश्य छैन् । नेतृत्व तहले सधैँ दवाउन खोज्छन् । हुम्लाको एमालेमा निश्पक्ष नभएको उहाँको भनाई छ । आफु मात्रै नभएर आफु जस्तै एमालेमा योगदान दिएका महिलालाई पन्छाइएको छ, दवाइएको छ । यसरी पार्टी चलाउँदा दुःख लाग्छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) हुम्लाले ११ औँ महाधिवेशनका लागि जिल्लाबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको भन्दै सोमबार विहान ६ जनाको नाम सार्वजनिक गरेको थियो । एमाले हुम्लाका अध्यक्ष ज्ञामी बुमी, जिल्ला नेता लोक बहादुर हमाल, महिलातर्फ बिमला कुमारी शाही, प्रतिमा लामा, दलिततर्फ पर्वत सुनार र ४० वर्ष मुनिको युवामा जिल्ला पार्टी सचिव तीर्थराज बोहरा चयन हुनु भएको छ । यि सबै रावल, बोगटी र एमाले केन्द्रिय सदस्य छक्क बहादुर लामा पक्षका वा समर्थनका हुन् । अर्का केन्द्रिय सदस्य फडेराका कोही पनि प्रतिनिधि हुन सकेनन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच