काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको पार्थिव शरीर आजै अन्त्येष्टि गरिँदैछ। अन्त्येष्टिका लागि उनको शव सिभिल अस्पतालबाट बाहिर निकालिएको छ।
बालेनको सचिवालयका अनुसार आज अपराह्न सवा ३ बजे पशुपति आर्यघाटमा रामनारायण शाहको अन्त्येष्टि गरिनेछ।
आयुर्वेदिक चिकित्सक समेत रहनुभएका रामनारायण शाहको आज मध्याह्न १२ः२० बजे बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उहाँ लामो समयदेखि मधुमेहका बिरामी रहेका थिए भने पछिल्ला दिनमा पिसाब संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल बनेको थियो।
निधनको खबर सार्वजनिक भएसँगै बालेन शाह प्रति संवेदना व्यक्त गर्न प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, विभिन्न दलका नेता तथा बालेनका समर्थकहरू अस्पताल पुग्नुभएको थियो।











बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच