काठमाडौं । नेपाली टेनिस क्लब अष्ट्रेलियाको आयोजनामा एडिलेडमा सम्पन्न डबल टेनिस प्रतियोगितामा भेष थापा र दिपेश कुँवरको जोडी विजयी भएको छ । स्थानीय म्यारियन टेनिस क्लबमा भएको प्रतियोगितामा उपविजेता राजबहादुर केशी र दिलिप तमाङको जोडी रहेको थियो ।
फेयर प्ले अवार्ड सौरभ बिडारी र कृष्ण गुरुङको जोडीले प्राप्त गरेको थियो । विजयी खेलाडीहरूलाई एनआरएनए ओशियानका पूर्व सहसंयोजक नवीन कँडेल, लोन सोलुसन एडिलेडका निर्देशक अशोक अधिकारी, क्लबका सचिव बलराम भण्डारीलगायतका अगुवाहरूले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रमको सञ्चालन क्लबका पब्लिक अफिसर सुरेन्द्र रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रम संयोजक उमेश बुढाथोकीले खेलाडी, सहयोगी तथा स्वयंसेवकहरूलाई आभार व्यक्त गर्नुभएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच