काठमाडौं । चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु भएको छ । चलचित्रको छायांकन म्याग्दीबाट सुरु भएको निर्माण टिमले जनाएको छ । डेढ महिनाको सेडुयल रहेको निर्माता विनोद पौडेलले जानकारी दिनुभयो ।
यस चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी रहनुभएको छ ।
चलचित्रमा जोन योञ्जनको निर्देशन र कथा रहेको छ । यस चलचित्रले भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा बन्ने निर्माता पौडेलले बताउनुभयो ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुनुहुन्छ । रमेश चौलागाईं कार्यकारी निर्माता रहेको यस चलचित्रमा महेश दवाडीको पटकथा-संवाद र प्रशान्त शिवाकोटीको संगीत रहनेछ ।
शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रको चिफ एडी फिरोड खड्का हुनुहुन्छ । प्रोडक्सन डिजाइनरमा कला संग्रौला, प्रोडक्सन हेड मनोज जोशी हुनुहुन्छ भने चलचित्रमा मदन घिमिरेको सम्पादन रहनेछ । निर्माता पौडेलको निर्माण रहेको चलचित्र ‘अभिमन्यु ः च्याप्टर–१’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच