काठमाडौं । रविता मगरको कोरियोग्राफी रहेको गीत ‘सोल्टीनी के छ तनी सुर’को भिडियो सार्वजनिक भएको छ । मेलिना राई र राजेश पायल राईको स्वर, देवेन्द्र सारु मगरको शब्द रचना, विवी अनुरागीको संगीत र श्यामस्वेत रासाइलीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मिराज अर्यालको निर्देशन रहेको गीतको भिडियोमा अलिश राई र जुना सुन्दासलाई फिचरिङ गरिएको छ । सबैको मिहिनेतले एउटा राम्रो गीतको भिडियो श्रोता/दर्शकमाझ आएको रविता बताउनुहुन्छ ।
नृत्य क्षेत्रमा बहुआयामिक व्यक्तित्व हुनुहुन्छ रविता मगर । रामेछाप मन्थली-११ स्थायी घर हुनुभएकी रविता काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन दर्शकमाझ पस्किरहनुभएको छ । उहाँले कोरियोग्राफ गरेका धेरै गीतले चर्चा कमाउन सफल भएका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच