काठमाडौं । सरकारले भदौ २३ गतेलाई ‘जेन-जी’ शहीद दिवसको रूपमा मनाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताउनुभयो । उहाँका अनुसार भदौ २३ र २४ गतेको ‘जेन-जी’ प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा भएका परिवारका सदस्यहरूलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णयसमेत भएको छ । सरकारले सो आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई यसअघि नै शहीद घोषणा गरिसकेको छ ।
यस्तै, माघ १ गतेदेखि एकैपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत मात्र गर्ने गरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय भएको बताउनुभयो । यसअघि यस्तो सीमा १० लाख रुपैयाँ बराबर थियो । औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि सरकारले यसरी नगद कारोबारको सीमा तोक्ने गर्छ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको छ भने कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको उहाँको भनाइ छ ।
त्यस्तै, सरकारले श्रीलंका सरकारलाई दुई लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने निर्णय गरेको छ । विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गर्ने निर्णय गरेको छ भने वैकुण्ठ अर्याललाई सचिव पदमा बढुवा गरेको छ । हाल उहाँ सुदूरपश्चिम प्रदेश सरकारको कामु प्रमुख सचिव हुनुहुन्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर