काठमाडौं । नेपालभाषा सिने क्षेत्रकी लोकप्रिय कलाकार भिन्तुना जोशीका तीनवटा गीतका भिडियो सार्वजनिक गरिएको छ । कलाकारितासँग गहिरो सम्बद्ध जोशी परिवारका सदस्य भिन्तुना अमर संगीतकार द्वारिकालाल जोशी र चर्चित कलाकार नगिना जोशीकी छोरी हुनुहुन्छ । दिदी लसता जोशी लोकप्रिय गायिका हुनुहुन्छ भने दाजु शरद जोशी पछिल्ला वर्षमा गायन क्षेत्रमा सक्रिय हुँदै आउनुभएको छ ।
लामो समय कार्यव्यस्तताका कारण थाँती रहेको शरद जोशीको गायन यात्रा बहिनी भिन्तुनासँगै पुनः सक्रिय बन्दै नेपालभाषाका तीन गीत-‘मन भारा भारा मिन’, ‘के भयो आमा’, ‘कुराहरू’ तथा ‘तिमिलाई दिएको आँसु’-का म्युजिक भिडियो सार्वजनिक गरिएको हो । तीमध्ये ‘तिमिलाई दिएको आँसु’ भिडियोको निर्देशन शिवानी बज्राचार्यले गर्नुभएको छ । यसमा भिन्तुना जोशीसँग अभिनेता सोहित मानन्धरले जोडी बाँध्नुधएको छ भने नेहा मालाकारको पनि अभिनय छ ।
नेपालभाषा गीत ‘मन भारा भारा मिन’ को निर्देशन विश्वास बज्राचार्यले गर्नुभएको छ । यो भिडियोमा भिन्तुना जोशीका सह-अभिनेता मनोज महर्जन हुनुहुन्छ । सार्वजनिक गरिएको तीनवटै भिडियोको प्रिमियर सिडिसी मल, काठमाडौंमा सम्पन्न भएको थियो ।
यससँगै गायक शरद जोशीको एकल स्वर रहेको थप तीनवटा गीतका भिडियो पनि सोही कार्यक्रममार्फत सार्वजनिक गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध हास्य-व्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र नेवाः देय् दबुका अध्यक्ष पवित्र बज्राचार्यले संयुक्त रूपमा पानसमा दियो प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । सभापतिको भूमिकामा रहनुभएकी नगिना जोशीले स्वागत मन्तव्य दिनुभएको थियो भने भिन्तुना जोशीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा निर्देशक विश्वास बज्राचार्य र शिवानी बज्राचार्यसँगै नृत्य निर्देशक वसन्त श्रेष्ठ, संगीतकार मनराजा नकःमि, वरिष्ठ गायक जुजुकाजि रञ्जित र अग्रज सिने पत्रकार विजयरत्न असंबरेलगायत विशिष्ट अतिथिहरूले मन्तव्य राख्नुभएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच