काठमाडौं । चलचित्र ‘कुमारी’को गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरिएको छ । चलचित्रको गीत सार्वजनिकसँगै निर्माण टिमले प्रदर्शनमा आउने मिति पनि घोषणा गरेको छ । यो चलचित्र माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । रिलिज मिति ‘भ्यालेन्टाइन डे’ नजिक परेकाले चलचित्रले युवा दर्शकलाई लक्ष्य लिएको बुझिन्छ ।
दिनेश राउतको निर्देशन रहेको यो चलचित्रको मुख्य भूमिकामा अविषेक खड्का र आकृति राजभण्डारी रहनुभएको छ । दुवै कलाकार यसै चलचित्रमार्फत मुख्य भूमिकामा डेब्यु गर्दै हुनुहुन्छ । साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मालगायत कलाकार पनि चलचित्रमा अभिनय छ ।
‘कुमारी’मा चार गीत रहनेछन् । सबै गीतमा स्वर केहरसिंह लिम्बुले दिनुभएको छ भने संगीतमा लिम्बुसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको सहभागिता रहेको छ । गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेख्नुभएको छ ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुनुहुन्छ । स्क्रिप्ट विकास सुवेदीले लेख्नुभएको हो भने छायांकन निर्देशन सुसन प्रजापतिले गर्नुभएको हो । यस चलचित्रको कार्यकारी निर्मातामा केदार भुसाल रहनुभएको छ ।
‘कुमारी’को डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गरेको छ भने काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण गर्दैछन् । यसको प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, कस्ट्युम डिजाइनर अञ्जलि रिजाल, मुख्य सहायक निर्देशकमा दिनेशबहादुर रावत रहनुभएको छ । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, किरण थापा र शिशिर खातीको कोरियोग्राफी छ । पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच