काठमाडौं । आगामी पुस १० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मुगलान’को गीत ‘मेरो प्रियमत’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई फिचरिङ गराइएको छ । सिर्जना लम्सालको शब्द रचना रहेको गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ । किरण भुसालको संगीत, रिदम कँडेलको संगीत संयोजन रहेको यस गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गर्नुभएको हो । गीतमा कोरियाग्राफी देबेन्द्र कुँवरको छ भने छायांकन अजय रेग्मीले गर्नुभएको हो ।
यसअघि ‘मुगलान’मा समावेश गीत ‘पिन्टु पियारी’रिलिज गरिएको थियो । जुन गीतलाई दर्शकले मन पराएका थिए । रिहान प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘मुगलान’मा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालका अलवा श्रीशिवांशु, दिनेश डिसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खबपु, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम र सविन बास्तोलालगायत कलाकारको अभिनय छ ।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्रको निर्माता गोमन सिंह हुनुहुन्छ । निर्माता सिंहको यो डेब्यु निर्माण हो । त्यसैगरी यो चलचित्रको कोप्रोड्युसरमा रिता चौधरी रहनुभएको छ । तारा थापा ‘किम्भे’को सम्पादन, जय विष्ट र राम गुरुको द्वन्द्व निर्देशन रहेको यो चलचित्रमा बिजिएम रिदम कँडेलको छ । चलचित्रमा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ ।
किरण भुसालको संगीत, शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी) स्वर रहेको चलचित्रका गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी) रहनुभएको छ । चलचित्रको वितरण आर आर फिल्मस्ले गर्दैछ । यस गीतलाई युना इन्टरटेन्टमेन्ट युटुब च्यानलमार्फत हेर्न सकिने छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच