काठमाडौं । एकादशी फिल्मस्को प्रस्तुति टेली चलचित्र ‘सौभाग्य’ सार्वजनिक गरिएको छ । नारीको सौभाग्य, त्यससँग जोडिएका सामाजिक विश्वास, संघर्ष र पारिवारिक सम्बन्धलाई यसमा प्रस्तुत गरेको छ । टेली चलचित्रले विवाहपछि नारीले भोग्नुपर्ने घर-परिवारका कथा, व्यथा र संघर्षलाई यथार्थपरक शैलीमा चित्रण गर्छ ।
सरोज दाहालको लेखन तथा निर्देशनमा बनेको ‘सौभाग्य’ सीता गौतम र विकास प्रसाईंको लगानीमा निर्माण गरिएको हो । यसमामा कलाकारहरू आरजे सिंह, सरोज दाहाल, बबिता कार्की, सीमा दाहाल, माधवा खनाल, राम बुढाथोकी, स्नेह पौडेल, सभ्यता पौडेल, रमेश रामदाम, सुरज दाहाल, अनिल पोख्रेल, नरेन्द्र शाही, ओम श्रेष्ठ, पुष्करराज कार्की तथा बालकलाकार श्रींका दाहाल र श्रीयाना दाहालले अभिनय गर्नुभएको छ ।
निर्मल ढकालको छायांकन रहेको यसको लागि शीर्ष गीत दीपेन्द्र खड्काले लेख्नुभएको छ भने संगीतकार विकास चौधरी, गायक–गायिका विकास चौधरी र सबु केसी रहनुभएको छ । ‘सौभाग्य’ प्रत्येक सोमबार बेलुका ७ः२५ बजे एकादशी फिल्म्स युट्युब च्यानलमा नियमित रूपमा प्रसारण हुने भएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच