काठमाडौं । दोस्रो इन्टर-कलेज छात्रा बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । ललितपुरको सिद्धिपुरस्थित रोयल बास्केटबल एकेडेमीमा सुरु भएको प्रतियोगिता प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (पिइसी) र अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसियु) द्वारा संयुक्तरूपमा आयोजना गरिएको हो । ३२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएकोे पिइसीले करिब दुर्ई दशकदेखि महिला खेलकुद विशेषगरी क्रिकेट र बास्केटबलको विकासमा योगदान पुर्याउँदै आएको छ । युवा बालिकालाई खेलकुदमार्फत् सशक्त बनाउने उद्देश्यअन्तर्गत पिइसीले विभिन्न सामाजिक कार्यक्रम र सहयोग अभियान सञ्चालन गर्दै आएको छ । सोही क्रममा नेपाल महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान इन्दु बर्मा संस्थाको ब्राण्ड एम्बेसडरका रूपमा कार्यरत हुनुहुन्छ ।
उद्घाटन समारोहमा मुख्य अतिथि अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीकी नेपाल प्रतिनिधि अनुष्का श्रेष्ठले बालिकाका लागि खेलकुद पहुँच, प्लेटफर्म र अवसरको महत्वबारे उल्लेख गर्दै खेलकुदले नेतृत्व तथा आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पिइसीका सेल्स तथा मार्केटिङ निर्देशक राजु सिंहले शिक्षा सेवाका अलावा संस्थाले गर्दै आएका सामाजिक योगदान र महिला खेलकुदमा समर्थनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोजकका अनुसार यस वर्ष काठमाडौं उपत्यकाका विभिन्न कलेजबाट आठवटा छात्रा टिमले सहभागिता जनाएका छन्, जुन प्रतियोगिता सुरु भएयताकै सबैभन्दा ठूलो संख्या हो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच