काठमाडौं । पूर्व-प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका बुबा कुलबहादुर श्रेष्ठको मंगलबार बिहान ९५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
लामो समयदेखि दम, मधुमेह र मुटुसम्बन्धी समस्या झेल्दै आउनुभएका श्रेष्ठलाई शारीरिक रूपमा केही असहज भएपछि उपचारका लागि मंगलबार नै नर्भिक अस्पताल पुर्याइएको थियो ।
उहाँको मंगलबार नै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको थियो । लामो समय न्याय सेवामा बिताउनुभएका स्वर्गीय श्रेष्ठ न्यायाधीशबाट सेवानिवृत्त हुनुभएको थियो । स्व. श्रेष्ठका श्रीमती, तीन छोरी र तीन छोरा हुनुहुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच