हेटौंडा । मकवानपुरको हेटौंडा–१९, बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान ११ः४० बजेको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३५८७ नम्बरको कन्टेनर सडकमा बिग्रिएर रोकिएको अवस्थामा त्यसै दिशाबाट आएको बा ४९ प ६६५८ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनापछि मोटरसाइकलमा सवार दुवै जनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडातर्फ पठाइएको थियो। कन्टेनर र मोटरसाइकल दुवै घटनास्थलमै रहेको र यातायात सुचारु रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय नेवारपानी र ट्राफिक प्रहरीको टोली घटनास्थलमा खटिएको छ। कन्टेनर चालक पर्सा, धोबिनी गाउँपालिका–२ का २४ वर्षीय राजवली राम प्रहरी नियन्त्रणमा रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुरगढी गाउँपालिका–२ गैरीभञ्याङ निवासी करिब ३० वर्षीय मोटरसाइकल चालक बालकृष्ण अधिकारीलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएपछि चिकित्सकले मध्यराती १२ बजे बजे मृत घोषणा गर्नुभएकाे थियाे । उहाँको शव अस्पतालमै राखिएको छ।
मोटरसाइकलमा सवार लमजुङ, बेसीशहर नगरपालिका–१० पासाचौर निवासी करिब ४८ वर्षीय भबरजंग गुरुङ भने बायाँ खुट्टा, टाउको तथा शरीरका अन्य भागमा चोट लागेको अवस्थामा चुरेहिल अस्पताल, मकवानपुरमा उपचाररत हुनुहुन्छ । उहाँकाे अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच